काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संयुक्त अधिराज्य बेलायतका नयाँ राजा चार्ल्स तृतीयलाई बधाई सन्देश पठाएका छन्।
सन्देशमा अध्यक्ष ओलीले राजा चार्ल्सको कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दै नेपालको सबैभन्दा पुरानो मित्रराष्ट्र बेलायतसँगको सुमधुर सम्बन्ध राजा चार्ल्सको कार्यकालमा अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन्।
एमालेका उपाध्यक्ष सुवास नेम्वाङ नेतृत्वको टोलीले बिहीबार नेपालस्थित बेलायती राजदूतावासमा पुगेर अध्यक्ष ओलीको सन्देश नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटलाई हस्तान्तरण गरेको थियो।
टोलीमा एमालेको परराष्ट्र मामिला विभागका प्रमुख डा.राजन भट्टराई, कृष्ण केसी, डा.अन्जान शाक्य र लक्की शेर्पा सहभागी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।