काठमाडौं– सरकारले नेत्रविक्रम चन्द (विप्लव) नेकपाका नेताकार्यकर्तामाथि लागेका मुद्दा फिर्ता लिएको छ । भदौ २७ गते बसेको मन्त्रिपरिषद बैठकले नेकपाका नेता-कार्यकतामाथि लागेका सम्पूर्ण मुद्दा फिर्ता गर्ने निर्णय गरेको हो ।
सरकारले मुद्दा फिर्ता लिने निर्णयलाई नेकपाले सकारात्मक रुपमा लिँदै सरकारलाई धन्यावाद दिएको छ । नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)ले विज्ञप्ति जारी गर्दै सरकारको प्रशंसा गरेका हुन् ।
करिब डेढ महिना अघि मात्रै जिल्ला अदालत ललितपुरले गत साउन ६ गते नेकपाका नेता कार्यकर्तामाथि ३५ दिने पक्राउ पूर्जी नै जारी गरेको थियो। त्यसपछि नेकपा सरकारप्रति असन्तुष्ट भएको थियो ।
सशस्त्र गतिविधि गरेको भन्दै तत्कालीन केपी शर्मा ओली सरकारले नेकपालाई आपराधिक समूह भन्दै प्रतिबन्ध नै लगाएको थियो प्रतिबन्धको करिब २ वर्षपछि ओली नेतृत्वको सरकारले २०७७ फाुगन २१ गते तीन बुुँदे सहमति गर्दै विप्लव नेकपालाई मुलधार ल्याउँदै प्रतिबन्ध फुकुवा गर्नेदेखि सम्पूर्ण मुद्दा फिर्ता लिने सहमति भएको थियो ।
उक्त सहमति शेरबहादुर देउवा नेतृत्वको सरकारले कार्यान्वय गर्दै मुद्दा फिर्ता लिने निर्णय गरेको हो । सरकारको यो निर्णयसँगै जेलमा रहेका नेकपाका ४० नेता कार्यकर्ता रिहा हुने बाटो खुलेको छ भने विप्लवसहितका नेतामाथि लागेको मुद्दाहरु फिर्ता हुने भएको छ ।
कतृत्व्य ज्यानदेखि, राज्य विप्लव, संगठित, हातहतियार तथा खरखजना, बिस्फोटक पदार्थलगायतका मुद्दा नेकपाका नेता-कार्यकतामाथि लागेको छ ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।