काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धन दलहरुले देशलाई ठूलो दुर्घटना हुनबाट जोगाएको दाबी गरेका छन्।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता सिंहले तत्कालीन नेकपाको सरकारबाट संविधान संकटमा परेकाले संविधान रक्षार्थ गठबन्धनको सरकार बनेको बताए।
नेता सिंहले भने, ‘गठबन्धन सरकारले देशलाई ठूलो दुर्घटना हुनबाट जोगाएको छ। आगामी निर्वाचनबाट देशलाई विकास र समृद्धिको दिशामा अघि बढाउन आम मतदाताहरूले विकास गर्ने पार्टी र नेताहरुलाई मतदान गरेर जिताउनुपर्छ।’
नेता सिंहले बागमती नदी किनारका अव्यवस्थित बस्तीहरुको दीर्घकालीन समस्या समाधानका गर्न आफू लागिपरेको समेत बताए।
उनले काठमाडौं जिल्ला भूमि आयोगले थालनी गरेका कामलाई तदारुकताका साथ अघि बढाउन सहयोग गर्नुपर्ने बताए। बागमती नदीको किनारका बस्तीहरुको आक्रोश रहेको भन्दै त्यहाँका समस्याको समाधान गरेर नै आफू अघि बढ्ने प्रतिबद्धता जनाए।
तत्कालीन नेकपाको सरकारले संघीय कानुन समयमा नबनाइदिएका कारण अहिले स्थानीय सरकारले संविधानअनुसारको अधिकार उपभोग गर्न नपाएको दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।