काठमाडौं– बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ।
शुक्रबार बिहान ११ बजे बस्नेगरि बिहीबारको बैठक सारिएको प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले बताएका छन्। बैठक विशेष कारणवश सारिएको बताइएको छ।
बिहीबारको बैठकमा न्याय परिषद् र न्याय सेवा आयोगको २०७७/०७८ वार्षिक प्रतिवेदन पेस गर्ने र पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक २०७६ पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।