काठमाडौं- नेकपा (माओवादी केन्द्र)ले आसन्न निर्वाचनको समानुपातिक उम्मेरदारहरूको लागि मापदण्ड तय गरेको छ।
केन्द्रीय कार्यालय पेरिस डाँडामा बुधबार बसेको पदिधिकारीको बैठकले उक्त मापदण्ड तय गरेको अध्यक्ष प्रचण्डको सचिवालयले बताएको छ।
'समानुपातिक तर्फका उम्मेदवारहरुको बन्दसुची तयार गर्नका लागि पार्टी प्रदेशहरुले भोलि भाद्र ३० गते भित्र प्रतिनिधित्वको निर्धारित क्षेत्र छुट्याएर प्रारम्भिक सूची पेश गर्ने, समानुपातिकको तालिका तयार गर्दा अन्तरिम व्यवस्थापिका बाहेक अरु समयमा समानुपातिक सदस्य भएकालाई नदोहोर्याउने, भर्खरै स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा गरेकोलाई प्राथमिकता नदिने र सूची पेश गर्दा सम्बन्धित समितिको बैठकले अनिवार्य निर्णय गरेकै हुनुपर्ने निर्णय गरेको छ,' सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
त्यस्तै बुधबारको बैठकले अनुशासन आयोगका अध्यक्ष टङ्क राईको नेतृत्वमा स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातबारे छानबिन गर्न बनेको समितिको प्रतिवेदनबारे प्रारम्भिक छलफल पनि भएको सचिवालयले जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।