काठमाडौं– नेपाली कांग्रेसका सांसद रामबहादुर विष्टले कोराेना र डेंगु दुई ‘दाजुभाइ’ भएर नेपाली जनतालाई दुख दिएको टिप्पणी गरेका छन्।
बुधबार बसेको प्रतिनिधि सभा बैठकमा शून्य समयमा बोल्दै विष्टले उक्त टिप्पणी गरेका हुन्।
‘दुइ भाई भएर नेपाली जनताको ज्यान लिने काम भइरहेको छ। एउटा भाइ भयो कोभिड र अर्को भाइ डेङ्गी,’ विष्टले भने, ‘डेङ्गीले गम्भीर असर गरेको छ। यस्तो अवस्थामा सरकार के गरिरहेको छ? म सरकारलाई ध्यानाकर्षण गराउँछु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।