काठमाडौं– नेकपा (एमाले)का सांसद राजबहादुर बुढाले चीनसँगको बन्द रहेको नाकाहरू तत्काल खोल्न ठोस पहल गर्न सरकारलाई आग्रह गरेका छन्।
प्रतिनिधि सभाको बुधबारको बैठकमा शून्य समयमा बोल्दै उक्त माग गरेका हुन्।
‘चीनसँगको सिमाना बन्द छन्। चिनियनँ कांग्रेसका अध्यक्ष ली चानशुको भ्रमणमा त्यस विषयमा संवाद भएका समचार छन्,’ बुढाले भने,‘ संवाद मात्र हैन, नाका खुलाउन ठोस पहल होस्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।