काठमाडौं- माओवादी केन्द्रकी सांसद यशोदा गुरुङ सुवेदीले निर्वाचन आयोगले चालु सांसदको कार्यकालबारे जारी गरेको विज्ञप्तिप्रति प्रश्न गरेकी छन्।
बुधबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै गुरुङले उक्त प्रश्न राखेकी हुन्।
‘निर्वाचन आयोगले असोज १ गते राति १२ बजे संसदको आयु सकिनेछ भन्ने व्यहोराको पत्र पठाएको भन्ने आएको छ,’ गुरुङले भनिन्, ‘सार्वभौम संसदलाई पत्र पठाउने अधिकार निर्वाचन आयेगलाई कसले दियो, म सभामुखमार्फत प्रश्न गर्छु।’
पछिल्लो समय संसदको कार्यकालका विषयमा भिन्न मतहरू सार्वजनिक भएसँगै सांसद गुरुङको उक्त धारणा आएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।