काठमाडौं– एमाले सांसद खगराज अधिकारीले केपी ओली सरकारले ल्याएको गुठी विधेयकविरुद्ध आन्दोलन गर्नेहरू सत्तामा हुँदा पनि गुठी समस्याको समाधान गर्न नसकेको आरोप लगाएका छन्।
प्रतिनिधि सभाको बुधबारको बैठकमा विशेष समय लिएर बोल्दै अधिकारीले उक्त आरोप लगाएका हुन्।
‘केपी ओली नेर्तत्वको सरकार हुँदा गुठी सम्बन्धि विधेयक हामीले ल्यायौँ। गम्भीर बहस र छलफल भयो। यत्रा समस्याहरु छन्। अहिलेसम्म पनि श्री ५ को वायु गुठी धादिङमा कायमै छ। पलाञ्चोक, म्याग्दी लगायतमा गुठी समस्या कायमै रहेका छन्। गुठीको समस्या समाधान गर्न सरकारले कुनै ध्यान दिएको छैन। उदासिन छ,’ अधिकारीले भने,‘यो सरकारले हिजो गुठीको समस्या समाधान गर्न ल्याएको विधेयकलाई भड्काउन माइतीघरको जुलुसमा समाले हुनेहरु अहिले सत्तामा हुनुहुन्छ। उहाँहरू के गर्दै हुनुहुन्छ। हामी गम्भीरतापूर्वक सरकारबाट जवाफ चाहन्छौँ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।