काठमाडौं– निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाका बारेमा छानबिन गर्न बनेको महाभियोग सिफारिस समितिले राणाले नाम लिएका बहालवाला न्यायाधीशहरुलाई समेत छलफलमा बोलाउने निर्णय गरेको छ ।
बुधबार बसेको महाभियोग सिफारिस समितिको बैठकले निलम्बित प्रधानन्यायाधीश राणाले बयानमा क्रममा नाम लिएका बहालवाला न्यायाधीशहरुलाई बोलाउने निर्णय गरेको हो। राणाले बयानको क्रममा न्यायाधीश, पूर्वन्यायाधीश, नेपाल बार, सर्वोच्च बार, वरिष्ठ अधिवक्ता र अधिवक्ताहरूको नाम लिएका थिए। उनीहरू सबैलाई बोलाउन पत्राचार गर्ने निर्णय बैठकले गरेको छ ।
राणाविरुद्ध नेपाल बार एसोसिएसनले निरन्तर आन्दोलन गरेपछि गत वर्षको फागुन १ गते ९८ जना सांसदले महाभियोगको प्रस्ताव दर्ता गराएका थिए। त्यसपछि उनी स्वतः निलम्बनमा परेका छन्।
महाभियोग सिफारिस समितिको बैठक बिहीबार बस्ने जनाइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।