काठमाडौं– प्रतिनिधि सभाको बुधबारको बैठकको समय सारिएको छ। बिहान ११ बजे बस्ने गरी निर्धारण गरिएको बैठक विशेष कारणवश दिउँसो समय दिउँसो १ बजेलाई सारिएको संसद् सचिवालयले जनाएको छ।
प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले जारी गरेको सूचनामा बैठक बुधबार दिउँसो १ बजे बस्ने जानकारी दिइएको हो।
“मिति २०७९ साल भदौ २९ गते बुधबार बिहान ११ : ०० बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक विशेष कारणवश बस्न नसक्ने भएकोले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखज्यूले उक्त बैठक आजै दिनको १ : ०० बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा मा. सदस्यहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,” सूचनामा उल्लेख छ ।
राष्ट्रियसभाको बैठक पनि बुधबार बस्दै छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।