पोखरा– नेकपा (एमाले)का अध्यक्ष एंवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चुनावसम्ममा नेकपा एकीकृत समाजवादीमा कार्यकर्ता नै नरहने बताएका छन्।
पोखरामा नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै ओलीले चुनावसम्ममा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल कार्यकर्ताविहीन रहने बताएका हुन्।
‘तपाईहरुलाई यो भविष्यवाणी मिल्दैन कि भन्ने लाग्यो होला। नोट गरेर राख्नुस्। चुनावसम्ममा माधब नेपालसँग आफूबाहेक कार्यकर्ता नै रहँदैनन्,’ ओलीले भने।
एकीकृत समाजवादील थ्रेसहोल्ड समेत पार गर्न नसक्ने दाबी उनले गरे। ‘माधव नेपालको पार्टीले थ्रेसहोल्ड पार गरेर तीन प्रतिशत ल्याएर संसदमा पुग्दैन,’ ओलीले भने, ‘चुनावमा प्रचण्डको पार्टीले थ्रेसहोल्ड कटाएर यसपल्ट राष्ट्रिय पार्टीको इज्जत जोगाउँछ।’
उनले परमादेशबाट वर्तमान सरकार अवैध रुपमा बनेको टिप्पणी गरे। ‘यो सरकार अवैध सन्तानजस्तै हो, कसरी आयो भन्ने जनता अनविज्ञ छन्। जनताले पठाएको सरकार होइन यो परमादेशले बनाएको सरकार हो,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।