मुम्वई– व्यङ्ग्यात्मक फिल्म ‘जाने भी दो यारो’ बाट सिनेमा निर्देशन क्षेत्रमा प्रवेश गरेका कुन्दन शाहको ६९ वर्षको उमेरमा हृदयघातका कारण शनिबार निधन भएको छ।
शाहको निवासमा निधन भएको पारिवारिक स्रोतले बताएकोे भारतीय समाचार संस्था पीटीआईले जनाएको छ।
स्वर्गीय शाहले पूर्णेस्थित भारतीय सिनेमा तथा टेलीभिजन संस्थान (एफ्टिआईआई) मा सिनेमा निर्देशन सम्बन्धि अध्ययन गरेका थिए। सन् १९८३ मा जाने भी दा यारा नामको सिनेमाबाट उनको निर्देशनको यात्रा सुरु भएको थियो।
उनले भारतीय सिनेमाका लागि प्रदान गरिने राष्ट्रिय पुरस्कार, उनले इन्दिरा गान्धी पुरस्कार, प्राप्त गरेका छन्। सन् २०१५ मा एफ्टिआईआईमा विद्यार्थीले गरेको प्रदर्शनमा ऐक्यबद्धता जनाउदै उक्त पुरस्कार फिर्ता गरेका थिए।
शाहले सन् १९८६ मा ‘नुक्कड’ नामक हिन्दी धारावाहिक टेलीश्रृङ्खलामा प्रवेश गरेका थिए।
उनले सन् १९८८ मा प्रसिद्ध हाँस्य टेलिश्रृङ्खला ‘वागले कि दुनियाँ’ को निर्देशन गरेका थिए। उक्त टेलिश्रृङ्खलामा व्यङ्ग्य चित्रकार आर के लक्ष्मणको आम आदमीको चरित्रमा निर्माण गरिएको थियो।
उनी भारतीय सिने क्षेत्रमा १९९३ मा शाहरुख खानद्वारा अभिनित ‘कभि हाँ कभि ना’ पनि देखिएका थिए।
उनको प्रीति जिन्टा तथा सैफ अलिद्वारा अभिनित सिनेमा ‘क्या कहना’ निकै सफल चलचित्र हो । यसका अलावा केही अरु सिनेमाको निर्देशन गरेपनि ति सिनेमाबाट व्यवसायिक सफलता भने मिलेको थिएन। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।