काठमाडौं– सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध दायर भएको महाभियोगको पाँचौ दिनको बयान सुरु भएको छ। संसद सचिवालयमा महाभियोग छानबिन समितिले राणालाई अन्तिम दिनको बयान लिइरहेको छ।
राणालाई सोध्न भनी समितिले ४३ प्रश्न तयार गरेको थियो । तीमध्ये ३५ प्रश्नमा समितिले उत्तर लिएको छ। अब बाँकी प्रश्न उत्तर सकेर समितिले प्रतिवेदन लेख्ने तयारी गरेको छ।
फागुन १ गते सत्ता पक्षका ९८ सांसदहरुले हस्ताक्षर गर्दै राणाविरुद्ध महाभियोग दर्ता गरेका थिए । महाभियोग लागेर ६ महिनादेखि निलम्वित रहेका राणाको कार्यकाल मंसिर २७ गतेसम्म रहेको छ। त्यसअघि नै टुङ्गो लागेका सर्वोच्च फर्कन दाउँमा राणा रहेका छन् भने सत्ता पक्षले उनलाई निलम्वनकै अवस्थामा अवकाशमा पठाउन चाहेका छन्।
असोज १ गते प्रतिनिधि सभाको कार्यकाल समाप्त हुने भएकाले त्यसअघि छानबिन समितिको प्रतिवेदन संसदमा पुर्याउने तर त्यहाँ निर्णय नगर्ने सत्ता पक्षको तयारी छ । प्रतिनिधि सभामा महाभियोगका लागि आवश्यक दुईतिहाई संख्या सत्ता पक्षसँग नभएको र प्रमुख प्रतिपक्ष नेकपा (एमाले) राणाकै पक्षमा उभिएकाले लामो समयदेखि यो अलपत्र परेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।