• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २३, २०८३ Tue, Sep 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

एकीकृत समाजवादी छाडेर नेताहरू फर्किदै ‘पुरानो घर’,  देखिएको हो टिकट नपाउने डर? 

64x64
नेपाल लाइभ मंगलबार, भदौ २८, २०७९  १२:०२
1140x725

काठमाडौं- नेकपा एमालेबाट फुटेर बनेको एकीकृत समाजवादी पहिलोपटक प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा भाग लिँदैछ। सत्ता गठबन्धनका दलहरूसँग मिलेर निर्वाचन लड्ने तयारी गरेको उक्त पार्टीमा सोही कारण अवसर नदेखेर भाग्नेहरू बढिरहेका छन्। पार्टी छाड्नेहरू अधिकांश ‘पुरानो घर’ अर्थात् नेकपा एमालेमै फर्किएका छन्।

पछिल्लो दुई हप्तामा दर्जनभन्दा बढी प्रभावशाली नेताहरूले पार्टी छाडेका छन्। पार्टी छाड्नेहरू भाग नपाउने डर भएका मात्रै नभएर प्रदेश सांसदमा सिफारिस भइसकेकाहरू समेत रहेका छन्।

सोमबार मात्रै एकीकृत समाजवादीका तर्फबाट प्रदेश सभा निर्वाचनमा मकवानपुर–१ बाट प्रत्यक्ष उम्मेदवारा सिफारिस भएका विशभ अधिकारीले पार्टी परित्याग गरेका छन्। उनले प्रेस विज्ञप्ति जारी गर्दै नागरिकता विधेयकको पक्षमा लागेको र देशमा वैदेशिक हस्तक्षेप बढेको तर, पार्टीले कुनै प्रयत्न नगरेको विज्ञप्तिमा उल्लेख गरेका छन्।
 
आइतबार एकीकृत समाजवादीका केन्द्रीय सदस्य बालकृष्ण चापागाईं एमालेमा फर्केका थिए। उनी पनि लुम्बिनी प्रदेश सभा सदस्यका लागि एकीकृत समाजवादीबाट सिफारिस भएका थिए। चापागाईं उक्त पार्टीको अर्थ तथा योजना विभागको उपप्रमुख र रुपन्देही जिल्लाको निवर्तमान सहइन्चार्ज थिए।

केही दिनअघि एकीकृत समाजवादीका कर्णाली प्रदेश कमिटीका सदस्य गणेशबहादुर शाही एमालेमा प्रवेश  गरे। डोल्पाका शाहीलाई ओलीले निजी निवास बालकोटमा स्वागत  गरे। 

Ganesh-Shahi1663049720.jpg

सुदूरपश्चिममा फिर्ताको लहर
एकीकृत समाजवादी सवैभन्दा बलियो रहेको सुदूरपश्चिम प्रदेशमा हो। एमालेबाट प्रदेश सभाका बहुसंख्यक सांसद लिएर सबैभन्दा ठूलो दल बनेको थियो। तर, निर्वाचनको संघारमा भने पार्टी छाड्नेको लहर चलेको छ।
 
सुदूरपश्चिम प्रदेश अध्यक्ष विक्रम शाहीले भदौ ९ गते फेसबुकमा स्टेटस लेख्दै पार्टी छाडेका थिए। भदौ १५ गते एमालेमा फर्किए। पार्टी छाड्दै गर्दा उनले लेखे,  ‘२०५४ सालमा वामदेवले फुटबाट पनि शक्ति प्राप्त हुन्छ भन्दै पार्टी विभाजन गराए र थुप्रै मान्छेहरू हौसिदै उनका पछि लागे,’ शाहीले लेखेका छन्, ‘गत वर्ष पनि पुनर्गठनका नाममा माधव नेपालको नेतृत्वमा पार्टी विभाजन भयो। त्यसको पछि लाग्नेमा म पनि थिएँ। पार्टी विभाजनले कांग्रेसलगायत पश्चिमा पुँजीवादीहरूलाई नै फाइदा पुर्‍यायो। त्यसवापत पछुतो र आत्मग्लानी भएको छ।’

भदौ १५ गते दुईजना सांसद नेकपा एमालेमा फिर्ता भएका छन्। फिर्ता हुनेमा कुलवीर चौधरी र तारा लामा तामाङ रहेका छन्। कञ्चनपुर पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई पार्टीमा स्वागत गरेका थिए।

Sudurpschim1663049748.jpg

Ncell 2
Ncell 2
nimb
nimb

तामाङ समाजवादीको प्रदेश कमिटीका उपसचिव तथा  मन्त्री र चौधरी सुदूरपश्चिम सरकारमा राज्यमन्त्री भइसकेका नेता हुन्। बहालवाला राज्यमन्त्री एमालेमा जान लागेको सुइँको पाएपछि राज्यमन्त्री पदबाट उनलाई बर्खास्त गरिएको थियो। 

यसैगरी, कञ्चनपुरकै वेदकोटगढी नगरपालिकाका पूर्वनगरप्रमुख अशोक चन्द पनि सोही दिन एकीकृत समाजवादी छाडेर एमालेमा फर्किए।

गुल्मीमा पनि पहिरो
गुल्मी–२ बाट एकीकृत समाजवादीकी प्रभावशाली नेता तथा पूर्वसहरी विकास मन्त्री रामकुमारी झाँक्री  चुनाव लड्ने तयारी गरिरहेकी छिन्। हाल जिल्ला केन्द्रित उनी त्यहीँ रहेका बेला जिल्ला अध्यक्षसहित जिल्लाका अन्य नेता कार्यकर्ताहरू एमालेमा फर्किए।

एक हप्ताअघि एमाले गुल्मीले आयोजना गरेको कार्यक्रमा जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य नरेश भण्डारी, जिल्ला ईन्चार्ज तथा केन्द्रीय सदस्य गणेश खनालसहित अधिकांश जिल्लास्तरका नेता कार्यकर्ताहरू एमालेमा फर्किएका हुन्।

एकीकृत समाजवादी प्रदेश कमिटी सदस्य हिमाल थापा, युवा संघ केन्द्रीय सदस्य तथा पार्टी जिल्ला सचिवालय सदस्य मदन विष्ट, जिल्ला सदस्य तथा मुसिकोट अध्यक्ष मदनदीउ घिमिरे, जिल्ला सदस्य हरि कुँवर, विष्णुप्रसाद भण्डारी, विद्यार्थीका जिल्ला अध्यक्ष निलकण्ठ पाण्डे, पार्टीका छत्रकोट अध्यक्ष यमबहादुर खत्रीसहितको टोली एमालेमै फर्किएका छन्।

Gumli1663049773.jpg

एमाले प्रवेश गर्दै जिल्ला अध्यक्ष भण्डारीले कम्युनिस्ट आन्दोलनको नेतृत्व एमालेबाहेक अरुबाट सम्भव नभएकाले पुनः एमालेमै फर्किएको बताए। नेपाली कांग्रेसलाई शक्तिमा लैजाने एकीकृत समाजवादीको नेतृत्वले गरेको गम्भीर गल्तीलाई बोक्न नसकेका कारण पुनः एमालेमा आएको भण्डारीको भनाइ थियो।

फर्किदै पुरानो घर, कारण टिकट नपाउने डर
एकीकृत समाजवादी सत्ता गठबन्धनसँग मिलेर चुनावा लड्दैछ। गठबन्धनसँग मिलेर चुनाव लड्दा धेरै ठाउँमा उक्त पार्टीका उम्मेदवार हुने छैनन्। त्यस्तो अवस्थामा नेताहरूमा टिकट नपाउने डर बढेको छ। अहिले सिफारिस भएपनि उक्त ठाउँ अर्कैलाई छाड्नुपर्ने ‘हिसाब किताब’ देखिएपछि उनीहरूले पार्टी छाडेको देखिन्छ। 

सुदूरपश्चिमका बहालवाला दुई सांसद लामा र चौधरीको कुरा गर्दा उनीहरू ककञ्चनपुर १ ‘क’ र ‘ख’ बाट प्रदेश सभा सांसद छन्। आगामी निर्वाचनमा उनीहरु त्यहीँ दोहोरिने सम्भावना गठबन्धनमा बस्दा कमजोर थियो र प्रतिनिधि सभामा माओवादी केन्द्रकी नेता तथा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की बुहारी बीना मगर छिन्।

Balkrishna-chapagain1663049804.jpg

गठबन्धनबाट उनी नै दोहोरिने सम्भावना बलियो छ। तर, कांग्रेसको बलियो क्षेत्र रहेकाले छाड्ने मनस्थितिमा स्थानीय नेता छैनन्। केन्द्रमा माओवादी केन्द्र जाँदा प्रदेश सभाका दुवै क्षेत्र कांग्रेसलाई छाड्नुपर्ने हुन्छ।

गुल्मी–१ मा कांग्रेसका प्रभावशाली नेता चन्द्र भण्डारी चुनाव लड्दै आएका छन्। एमालेका प्रदीप ज्ञवालीसँग उनी नै प्रतिस्पर्धा गर्नेछन्। गुल्मी- २ मा एकीकृत समाजवादीले पाउँदा पूर्वमन्त्री झाँक्री तयार भएकी छिन्। त्यसकारण स्थानीय नेता-कार्यकर्ताले भविष्य देखेनन्।

प्रकाशित मिति: मंगलबार, भदौ २८, २०७९  १२:०२
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेेपालका बाढीपहिरो मृतकप्रति श्रद्धाञ्जली दिँदै च्याम्पियन्स लिगका खेलमा मौनधारण गरिने
जेनजी आन्दोलनको एक वर्ष : परिवर्तन भयो त?
‘बर्तमान सरकारलाई जेनजी सरकार भन्न सक्दिन, शुभकामना मात्र भन्छु’
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
नेेपालका बाढीपहिरो मृतकप्रति श्रद्धाञ्जली दिँदै च्याम्पियन्स लिगका खेलमा मौनधारण गरिने मंगलबार, भदौ २३, २०८३
जेनजी आन्दोलनको एक वर्ष : परिवर्तन भयो त? मंगलबार, भदौ २३, २०८३
‘बर्तमान सरकारलाई जेनजी सरकार भन्न सक्दिन, शुभकामना मात्र भन्छु’ मंगलबार, भदौ २३, २०८३
मकवानपुरमा १६२ किलो ७९४ ग्राम गाँजासहित दुई चालक पक्राउ मंगलबार, भदौ २३, २०८३
अवैध लागूऔषध खैरो हेरोइनसहित ६ जना पक्राउ मंगलबार, भदौ २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
हनुमन्ते खोलामा जलसतह खतरा तह पार, सतर्क रहन आग्रह सोमबार, भदौ २२, २०८३
नेपाल लाइभको समाचारमा रास्वपाको स्पष्टीकरण– ‘रास्वपाले समाचार बुलेटिन चलाएको होइन, सूचना प्रसार गरेको हो’ सोमबार, भदौ २२, २०८३
कांग्रेस मिलाउन गगन देउवा पक्षको माग पूरा गर्न तयार छन् ? सोमबार, भदौ २२, २०८३
भोटेकोशी बाढी प्रभावित क्षेत्रको अनुगमनपछि मानव अधिकार आयोगले औंल्यायो त्रुटि नै त्रुटि सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेनजी आन्दोलनको एक वर्ष : परिवर्तन भयो त? नेपाल लाइभ
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्