काठमाडौं– निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको बयान लिन महाभियोग सिफारिस समितिको बैठक मंगलबार पनि बस्दैछ।
बैठक बिहान ११ बजे सिंहदरबार बस्ने भएको हो । समितिले मंगलबारै राणाको बयान सक्ने तयारी गरेको छ। समितिले यसअघि तीनदिन बयान लिइसकेको छ।
प्रतिनिधिसभाले गठन गरेको महाभियोग सिफारिस समितिले राणालाई सोध्न ४३ प्रश्न तयार पारेको थियो। राणाले आइतबारसम्म ३५ वटा प्रश्नको जवाफ दिइसकेका छन्।
बाँकी रहेका ८ प्रश्न र र त्यसको जवाफ मंगलबार सक्ने तयारी समितिले गरेको छ ।
समितिका एक सदस्यका अनुसार राणालाई छोटो समयमा सक्नेगरी पूरक प्रश्न पनि सोध्ने र बयान सकाउने तयारी भइरहेको छ।
उनका अनुसार अहिलेसम्म सोधिएका प्रश्नका आधारमा प्रतिवेदन लेखनको काम पनि सँगसँगै चलिरहेको छ। मंगलबारको बैठकपछि राणाको बयान टुंगिनेछ भने बुधबारसम्म समितिले आफ्नो प्रतिवेदन पनि टुंग्याउनेछ।
बिहीबार संसद्लाई प्रतिवेदन बुझाउने र संसदीय प्रक्रियामा लैजाने तयारी गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।