• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असार ६, २०८३ Sat, Jun 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कृषि क्षेत्रको विकासका लागि मागेका सुझावमा एमाले अध्यक्ष ओलीले कस्ता पाए प्रतिक्रिया?

64x64
नेपाल लाइभ सोमबार, भदौ २७, २०७९  १८:३३
1140x725

काठमाडौं – मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गरेर नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमा सक्रियता बढाएका छन्। सामाजिक सञ्जालमार्फत् अन्तरसंवाद गर्न उनले निश्चित विषयमा सुझाव माग्ने र सुझाव दिनेहरुलाई धन्यवाद दिने क्रम थालेका हुन्। 

केही दिनअघि अध्यक्ष ओलीले कृषि क्षेत्रलाई केन्द्रित गरेर सुझावमा मागेका थिए। उनले फेसबुकमा लेखेका थिए, ‘हाम्रो कृषिलाई माइक्रो ’एसएमई’को मोडलमा हजारौं युवाहरुले गर्वका साथ हामी कृषि उद्यमी हौं भन्न सकिने उद्योगको रुपमा रुपान्तरण गर्न के–के कुरामा सुधार गर्नु पर्ला? कमेन्ट बक्समा सुझाव दिनु हुन अनुरोध गर्दछु।’

उक्त कमेन्ट बक्समा सोमबार अपराह्न ५ बजेसम्म ५८० ले कमेन्ट गरेका छन्। तीमध्ये केही कृषि क्षेत्रका विज्ञ छन्, कति जानकार छन्। उनीहरुले ओलीको सुझाव माग्ने विषयलाई गम्भीररुपमा लिएर प्रतिक्रिया दर्शाएका छन्।

सामाजिक सञ्जालमा प्रतिक्रिया दिने मध्येका एक हरिचन्द्र शाहीले ५ वर्षको लागि विदेशी नाका र युवा जनशक्ति निर्यातमा पूरै सिल गरिनुपर्ने धारणा राखेका छन्। उनी लेख्छन्, ‘आयातमा नुन र औधोगिक मेसिनरीबाहेक केही ल्याउन हुँदैन। ५ वर्षका लागि कर्मचारी समेतलाई जीवन निर्वाह भत्ता मात्र उपलव्ध गराएर जम्मै बजेट उत्पादनमूलक कार्यमा खर्चिनु पर्छ। युवालाई रोजगारीको क्षेत्र तोकेर राज्यले नै जिम्मेवारी र दायित्व लिन सक्नुर्छ।’

अर्का फेसबुक प्रयोगकर्ता टिकाराम कार्कीले १२ वटा बुँदामा कृषि प्रणालीका बारेमा सुझाव दिएका छन्। कार्कीले बुँदागत रुपमा सुझा दिने क्रममा उल्लेख गरेका छन्, ‘१. जमिनको वर्गीकरण र चक्लाबन्दी, २. सामूहिक खेती र कृषिको औद्योगिकरण, ३. कृषिजन्य चिजवस्तुको बिचौलिया करणको अन्त्य, ४. कृषि बजारको मालिक स्वयं कृषक र बिक्री, ५. कसैको जमिनजोतेर खेती गरेबापत कृषकले कसैलाई अधिया साझा ठेक्का कुत तिर्न नपर्ने व्यवस्था, ६. सकेसम्म जमिनको किनबेचको अन्त्य र उत्पादन मूलक क्षेत्रमा लगानी, ७. जमिनमा जन्म भएपछि जमिनको अधिकार सुरक्षित, ८. भूमाफियाको स्वतः अन्त्य, ९. उत्पादन मूलक कृषि सामाग्रीको बजारको राज्यद्वारा व्यवस्था र खरिदको ग्यारेन्टी, १०. मेरो माटो, मेरो खेती र मेरो आत्मनिर्भरताको ग्यारेन्टी, ११. विदेशी आयातको बन्द र आत्मनिरभरता र १२. जमिन राज्यको भूमाफियाको अन्त्य।’ 

उनले सुकुम्बासी समस्या समाधान, अनुत्पादक क्षेत्रको लगानीको अन्त्य, अकुत सम्पत्ति आर्जन र भ्रष्टाचारको अन्त्यको विषय पनि उठाएका छन्।

पशुपति पाण्डेले आसन्न निर्वाचन लक्षित गरेर कुनै ’फन्डा’ हो कि, साँच्चिकै काम गर्न सुझाव मागेको भन्नेमा आशंका व्यक्त गरेका छन्। काम गर्नका लागि हो भने भन्दै किसानले उत्पादन गरेका वस्तुको उचित मूल्यमा बजारीकरणको सुनिश्चितता गर्नपर्ने सुझाव दिएका छन्। उनले यसको लागि एकद्वार प्रणालीबाट कृषि वस्तुको कारोबार गर्ने व्यवस्था गर्नपर्ने बताएका छन्। 

त्यस्तै तोया मिश्रले भने सामूहिकता, चक्लाबन्दी, बाली बिमा, अधिकतम, आयात गरिने कृषि उपज उत्पादनमा जोड दिने, उत्पादित सामान आफ्नो ब्रान्डमा निर्यात गर्ने, मल खाद र सिँचाइको भरपर्दो व्यवस्थापन, सहज बैंकको ऋण, उत्पादनको आधारमा प्रोत्साहन अनुदान, कृषि यन्त्रहरुमा खुला अनुदान, स्वास्थ र वातावरणमैत्री उत्पादन लगायतका ११ बुँदामा सुझाव व्यक्त दिएका छन्। 

nimb
nimb
Ncell 2
Ncell 2

कपील ज्ञवाली कृषियोग्य जमिन बचाउन सुझाएका छन्। उनले भारतबाट हुने कृषि आयातमा उच्च कर वृद्धि गरी निरुत्साहित गर्नुपर्ने, सस्तो र सहज कृषि कर्जा दिनुपर्ने, आधुनिक प्रविधि सिकाउनुपर्ने र कृषिलाई उद्योगसँग जोडनुपर्नेमा जोड दिएका छन्।

यस्तै, सरेस रेग्मीले युवालाई कृषिमा प्रेरित गर्न बजारको ग्यारेन्टी हुनपर्ने उल्लेख गरेका छन्। उनले मुख्य समस्या नै उत्पादित वस्तुको उचित मूल्य र बजार नपाएको उल्लेख गर्दै यसले गर्दा कृषि पेशामा केवल दुःख र पसिना मात्रै रहेको युवा सोच बदल्नुपर्ने बताएका छन्। 

नेपाल आर्थिक रुपमा कमजोर देश भएको उल्लेख गर्दै प्रेम भट्टराईले आगामी ६ वर्ष शिक्षा, स्वास्थ र कृषि पर्यटन एकैसाथ नयाँ मोडेल बनाएर उत्पादन र बजारिकरणमा जोड दिनुपर्ने बताएका छन् । 

कृषिको सुधारको लागि एकीकृत जग्गा र युवा प्रोत्साहनको लागि बिउबिजन र जग्गा सरकार आफैँले छनोट गरी सरकार आफैले मूल्य निर्धारण गर्न विष्णु भुसालको सुझाव छ। भारत तथा अन्य मुलुकबाट आउने तरकारी तथा फलफूलमा पूर्णरुपमा ब्यान्ड गर्नपर्ने उनको धारणा छ। 

किसानको बारेमा सोच्ने हो भने अहिले जति उत्पादन हुन्छ, त्यसको मूल्य किसानले तोक्ने कुरामा ध्यान दिन मनोज ऐडीले सुझाएका छन्। ‘मेहनत गर्ने किसान अनि खरिद मूल्य व्यापारीले निर्धारित गरेर हुन्छ त किसानको भलाई?’ उनको प्रश्न छ।

प्रतिक्रिया दिने सबैलाई ओलीले सोमबार धन्यवाद दिएका छन्। उनले भिडियोमार्फत् आगामी दिनमा पनि विभिन्न विषयमा सुझाव लिने बताएका छन्। ’हामी आगामी सरकारमा गएपछि गर्ने कामको मसिनो गरी कार्यतालिका बनाएर कार्यान्वयन गर्नेगरी तयारीमा लागेका छौं। तपाईँको सुझाव र साथको अपेक्षा गर्दछ,’ ओलीले भनेका छन्।
 

प्रकाशित मिति: सोमबार, भदौ २७, २०७९  १८:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पूर्वमहामन्त्री धवल शमशेरलाई पार्टीमा फर्किन राप्रपा अध्यक्ष लिङ्देनको आग्रह
रास्वपा केन्द्रीय सदस्यको निर्वाचन हुने
समयमा काम नगर्ने ठेकेदारलाई थुनेर, बाटो छेकेर वा कुटेर भए पनि काम लगाउन मन्त्री लम्सालको निर्देशन
सम्बन्धित सामग्री
पूर्वमहामन्त्री धवल शमशेरलाई पार्टीमा फर्किन राप्रपा अध्यक्ष लिङ्देनको आग्रह पार्टीको केन्द्रीय समितिको बैठकका निर्णय सुनाउने क्रममा संचारकर्मीहरुसँग कुरागर्दै उनले पार्टी छाडेर गल्ती नगर्न आग्रह गरेका हुन् ।... शनिबार, असार ६, २०८३
रास्वपा केन्द्रीय सदस्यको निर्वाचन हुने रास्वपाले संशोधन गरेको विधान अनुसार १ सय जना निर्वाचित हुने व्यवस्था छ । एक नेताले दिएको जानकारी अनुसार, केन्द्रीय समिति सदस्यहरूमा... शनिबार, असार ६, २०८३
रास्वपाको केन्द्रीय समिति बैठक बस्ने स्थान र समय परिवर्तन दिउँसो १ बजेका लागि तय भएको बैठक २ बजेमात्रै बस्ने भएको महामन्त्री कबिन्द्र बुर्लाकोटीले जानकारी दिए । शनिबार, असार ६, २०८३
ताजा समाचारसबै
पूर्वमहामन्त्री धवल शमशेरलाई पार्टीमा फर्किन राप्रपा अध्यक्ष लिङ्देनको आग्रह शनिबार, असार ६, २०८३
रास्वपा केन्द्रीय सदस्यको निर्वाचन हुने शनिबार, असार ६, २०८३
समयमा काम नगर्ने ठेकेदारलाई थुनेर, बाटो छेकेर वा कुटेर भए पनि काम लगाउन मन्त्री लम्सालको निर्देशन शनिबार, असार ६, २०८३
बालकुमारीमा गोली चल्याे, तीन लागुऔषध कारोबारी पक्राउ शनिबार, असार ६, २०८३
उत्तरपश्चिम पाकिस्तानको बन्नुमा दुई विस्फोट: सात जनाको मृत्यु, तीन घाइते शनिबार, असार ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार, असार ५, २०८३
रास्वपा महाधिवेशन: ओली नजाने, गगनले निर्णय गरेका छैनन्, स्वास्थ्य सुधार भए प्रचण्ड जाने शुक्रबार, असार ५, २०८३
१५ वटा मन्त्रिपरिषद् बैठकको निर्णय एकैपटक सार्वजनिक [सूचीसहित] शुक्रबार, असार ५, २०८३
कक्षा १२ को नतिजा सार्वजनिक शुक्रबार, असार ५, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक शुक्रबार, असार ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
फिफा विश्वकप : ब्राजील र मोरक्को भिड्दै, अहिलेसम्मको हेड टू हेड यस्तो छ शनिबार, जेठ ३०, २०८३
अर्थमन्त्रीलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्रीज्यू भनेपछि.... बिहीबार, असार ४, २०८३
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार, असार ५, २०८३
रास्वपा महाधिवेशन: ओली नजाने, गगनले निर्णय गरेका छैनन्, स्वास्थ्य सुधार भए प्रचण्ड जाने शुक्रबार, असार ५, २०८३
कंगोसँग बराबरीमा रोकियो पोर्चुगल बिहीबार, असार ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्