काठमाडौं– सभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको नेपाली संसदीय प्रतिनिधि मण्डल र नेपाल भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समितिका महामहिम अध्यक्ष ली चानशु नेतृत्वको संसदीय प्रतिनिधि मण्डलबीच छलफल भएको छ।
संघीय संसद् भवन नयाँ बानेश्वस्थित ल्होत्से हलमा नेपाल र चीनको संसद्का नेतृत्वसहित प्रतिनिधिमण्डलबीच द्विपक्षीय भेटवार्ता भएको हो।
प्रतिनिधिमण्डलबीच भेट हुनुअघि सापकोटा र लीबीच छुट्टै भेट भएको थियो। उनीहरुबीच संघीय संसद भवन नयाँ बानेश्वरको तिलिचो हलमा भेट भएको सभामुखको सचिवालयले जानकारी दिएको छ।
प्रतिनिधि मण्डलको नेतृत्व गर्दै ली चार दिने नेपाल भ्रमणमा क्रममा सोमबारै नेपाल आएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।