काठमाडौं– सत्ता गठबन्धनका शीर्ष नेता र कार्यदलकका सदस्यबीचको छलफल प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ। बैठकमा दुईपक्षीय र त्रीपक्षीय छलफल सुरु भएको कार्यदलका सदस्य एवं सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन्।
उनका अनुसार दाबी गर्नेहरुबीच आपसमा छलफल गराएर सामूहिक छलफलबाट टुंग्याइँदैछ। यसरी भइरहेको बैठककले सोमबार नै निष्कर्ष निकाल्ने सम्भावना भने कम रहेको उनी बताउँछन्।
बैठकको बिचमा बाहिरिएका उनले भने, ‘छलफल दुईपक्षीय, त्रिपक्षीय र सामूहिक रुपले भइरहको छ। निर्णयको नजिकमा छलफल भएको छ।’
उनले सबै दल लचिलो भएर सहमति गर्न तयार रहेको र त्यसको विकल्प नभएको बताए। थपे, ’अहिले आवश्यकता लचिलो हुनुको विकल्प छैन। अडानमा सुक्ष्म ढंगले विश्लेषण गर्दै अघि बढेको अवस्था छ। दुई वा तीन दलको दाबी भएको क्षेत्रमा सवैको साझा उम्मेदवार बनाउने गरी छलफल भइरहेको छ।’
सोमबार नै अन्तिम टुंगो लगाउने भनिएपनि त्यसको संभावना कम रहेको उनले बताए। भने, ‘छलफल बाँकी नै रहन्छ होला।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।