काठमाडौं– नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयमा केन्द्रीय कमिटीको निर्देशन बिना कुनै पनि गतिविधि नगर्न निर्देशन दिएको छ।
लामो समयदेखि त्रिवि उपकुलपति कार्यालयदेखि विभिन्न डीन कार्यालयमा नेविसंघ इकाइ समितिले तालाबन्दी गरेपछि नेविसंघ केन्द्रीय कार्यालयले उक्त निर्देशन दिएको हो।
नेपाल विद्यार्थी संघका केन्द्रीय कार्यसमिति अध्यक्ष डुजाङ सेर्पाले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेविसंघको उमेर हदका कारण त्रिवि समिति नेतृत्वविहीन भएको उल्लेख गरेका छन्।
त्रिवि नेविसंघका सक्रिय समितिहरु विघटन गरिएको बताउँदै संगठनलाई मूर्त रुप दिन प्रतिनिधि खटाएर अधिवशेन गर्ने विज्ञप्तिमा उल्लेख छ। साथै त्रिविमा समिति रिक्तता रहेको अवस्थामा कुनै पनि सांगठनिक गतिविधि नगर्न/नगराउन निर्देशनसमेत दिएको छ।
त्रिविमा नेविसंघका विभिन्न चारवटा समूह सक्रिय रहेका थिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।