फाइल तस्बिर
काठमाडौं– बालुवाटारमा शीर्ष नेतासँगै कार्यदलको बैठक शुरु भएको छ। कार्यदलले मात्र विवाद मिलाउन नसकेपछि शीर्ष नेतासहितको बैठक बसेको हो।
केही दिनदेखि सत्तारुढ दलहरुले भागबन्डा मिलाउने प्रयास गरिरहेका छन्। मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा हालसम्म सत्तारुढ गठबन्धनमा भागबन्डा मिल्न सकेको छैन।
निर्वाचन आयोगले असोज २ र ३ गते समानुपातिकतर्फ उम्मेदवारको बन्द सूची बुझाउने कार्यसूची सार्वजनिक गरेको छ। केही दिनदेखि सत्तारुढ दलहरु निर्णायक वार्ता भनेर छलफल गरिरहेका छन्। सत्तारुढ दलभित्र सबैले आ-आफ्नो दाबीमा अडान कायम राखेपछि भागबन्डा मिल्न नसकेको हो।
नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा संलग्न गठबन्धनले मंसिर ४ को निर्वाचनमा आफ्नो निर्वाचन क्षेत्र तय गर्न नसक्दा कार्यकर्ता पनि अन्योलमा परेका छन्। स्थानीयस्तरबाट धमाधम नाम सिफारिस गरेपछि आफ्नो पार्टीको भागमा पर्ने कि नपर्ने अन्योल देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।