काठमाडौं– निर्वाचन आयोगले समानुपातिकतर्फ उम्मेदवार सिफारिस र सच्याउने मितिसहित सूचना जारी गरेको छ।
आयोगले आइतबार एक सूचना जारी गर्दै समानुपातिकतर्फको चुनावमा भाग लिन चाहने दलहरुलाई असोज २ र ३ गतेभित्र बन्दसूची पेश गर्न भनेको हो। आयोगले यसरी पेश गरेको सूची सच्याउने अन्तिम म्याद असोज १६ गतेसम्म हुने जनाएको छ।
आयोगको विज्ञप्ति अनुसार असोज २ र ३ गते उम्मेदवारको बन्दसूची पेश गर्नु पर्नेछ। बन्दसूची कानूनले तोकेअनुसारको भए नभएको चेक गर्ने समय असोज ४ देखि ९ गतेसम्म तोकिएको छ। यो अवधिमा आयोगले जाँचबुझ गरेपछि दलहरूलाई असोज १० देखि १६ गतेसम्म दलहरुले बन्दसूची सच्याउनु पर्नेछ।
बन्दसूची तयार गर्दा कानून र नियमले तोकेअनुसार नभएमा बन्दसूची स्वीकार नगरिने आयोगले जनाएको छ। आयोगले समानुपातिकको बन्दसूचीका लागि विभिन्न १९ बुँदे चेकलिस्ट पनि जारी गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।