काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले प्रशिक्षकको जिम्मेवारीबाट बाहिरिएको घोषणा गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै अल्मुताइरीले प्रमुख प्रशिक्षकको जिम्मेवारी छाडेको घोषणा गरेका हुन्।
जिम्मेवारी सम्हालेको ५२५ दिनपछि प्रशिक्षकबाट बिदा लिएको उनले उल्लेख गरेका छन्। उनी गत कात्तिकमा नेपाल प्रमुख प्रशिक्षकको रुपमा नियुक्त भएका थिए।
अल्मुताइरीको प्रशिक्षणमा नेपाल साफ च्याम्पियनसिपको फाइनलमा पहिलो पटक पुगेको थियो।
अल्मुताइरीको अखिल नेपाल फुटबल संघ (एन्फा) र खेलाडीसँग समेत दूरी बढेको थियो। क्लोज क्पाम्पमा रहेका १० खेलाडीलाई अल्मुताइरीले आफूसँगको व्यक्तिगत टसलका कारण निकालेका थिए। त्यसपछि अल्मुताइरीसँगको विवाद झनै बढेको थियो।
एसिया कप छनोटमा नेपालले कमजोर प्रदर्शन गरेपछि अल्मुताइरी नेपाल फर्किएका थिएनन्।
विवाद भएपछि एन्फाले नेपाली टोलीको निमित्त प्रशिक्षकको रुपमा प्रदीप हुमागाईंलाई नियुक्त गरेको थियो। हुमागाईंकै प्रशिक्षणमा नेपालले केही दिनपछि बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्दैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।