काठमाडौं– सत्ता गठबन्धन दलको बैठक सोमबार बिहान ८ बजेसम्मका लागि स्थगित भएको छ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा आइतबार बसेको बैठक निष्कर्षमा पुग्न नसकेपछि सोमबार बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको हो।
बैठकपछि नेकपा एकीकृत समाजवादीका ‘सम्मानित नेता’ झलनाथ खनालले आइतबारको बैठकमा कार्यदलले बुझाएको प्रतिवेदनबारे छलफल भएको र उक्त प्रतिवेदनबारे प्रधानमन्त्रीलाई जानकारी गराएको बताए।
खनालले भने, ‘अधिंकाश विषयका बारेमा भोलि बिहान बस्ने बैठकमा टुंगो लाग्छ।’ यसअघि शनिबार बसेको बैठक पनि बिनानिष्कर्ष टुंगिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।