काठमाडौं– निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा बयान दिनका लागि सिंहदरबार पुगेका छन्।
महाअभियोग सिफारिस समितिले गत फागुन १ गते दर्ता भएको महाभियोग प्रस्तावबारे भदौ १५ गतेदेखि राणासँग बयान लिइरहेको छ। राणा पुगेसँगै आइतबारको बयान सुरु भएको छ।
राणाविरुद्ध गत फागुन १ मा प्रतिनिधि सभाका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गरेका थिए। संसद्ले गत फागु २२ मै महाभियोग सिफारिस समिति गठन गरे पनि यही भदौ १ गते मात्र समितिको पहिलो बैठक बसेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।