काठमाडौं– बुन्डेसलिगामा शनिबार राति भएको खेलमा डेफिन्डिङ च्याम्पियन बार्यन म्युनिख घरेलु मैदानमै बराबरीमा रोकिएको छ।
च्याम्पियन्स लिगको पूर्वसन्ध्यामा बार्यन भीएफबी स्टटगार्टसँग २–२ को बराबरीमा राकिएको हो। घरेलु मैदान एलिएन्ज एरिना म्युनिखमा दुई पटकको अग्रता जोगाउन नसक्दा बार्यन अंक बाँड्न पुग्यो।
खेलको ३६ औँ मिनेटमा म्याचिस टेलले गोल गर्दै बार्यनलाई सुरुवाती अग्रता दिलाएका थिए। दोस्रो हाफका ५७ औँ मिनेटमा स्टुटगार्टका क्रिस फुरिचले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
६० औँ मिनेटमा जमल मुसिएलाले गोल गर्दै पुनः बार्यनलाई २–१ को अग्रता दिलाए।
९० मिनेटपछि थप गरिएको अतिरिक्त समयको दोस्रो मिनेटमै पाएको पेनाल्टीमा स्टुटगार्टका सेरोउ गुइरासीले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए।
बुन्डेस लिगामै भएको अर्को खेलमा डर्टमन्डले हार ब्यहोरेको छ। आरबी लाइपजिंकसँग ३–० फराकिलो हार ब्यहोरेको हो।
६ खेल खेलेको बार्यन १२ अंकसहित लिगको पहिलो स्थानमा छ। सामान खेल खेलेको डर्टमन्ड पनि १२ नै अंकका साथ चौथो स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।