काठमाडौं– स्पेनिस लिग ला–लिगामा एथ्लेटिको मड्रिडले सानदार जित निकालेको छ। शनिबार राति घरेलु मैदानमा भएको खेलमा एथ्लेटिको मड्रिडले सेल्टाभिगोलाई हराउँदै सानदार जित निकालेको हो ।
एथ्लेटिको मड्रिडले सेल्टालाई ४–१ गोल अन्तरले हरायो ।
खेलको ९ औं मिनेटमा एन्जेल कोरेराले गोल गर्दै एथ्लेटिको मड्रिडलाई अग्रता दिलाएका थिए। ५० औं मिनेटमा रोड्रिगो डि पाउल, ६६ मिनेटमा यानिक कारास्कोले गोल गरे ।
८२ औं मिनेटमा उनाई नुनेजले आत्मघाती गोल गरेपछि एथ्लेटिको मड्रिडले ४–१ को जित निकाल्यो ।
सेल्टाका लागि एक मात्र गोल ७१ औं मिनेटमा ग्राबियल भिगाले गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।