काठमाडौं– फ्रेन्च लिग वानमा पेरिसस सेन्ट जर्मेन (पीएसजी)ले कठिन जित हात पारेको छ। ब्रेस्टको घरेलुकै मैदानमा भएको खेलमा पीएसपीले १–० सुन्यको जित हात पार्यो ।
पीएसजीको जितका लागि एकमात्र गोल नेयमारले गरे। लियोनल मेस्सीले ३० औं मिनेटमा दिएको पासमा नेयमारले गोल गरे।
बाँकी समय दुवैतर्फबाट गोल हुन नसकेपछि पीएसजीले १–० को जित हात पार्यो ।
जीतसँगै ७ खेलबाट १६ अंक जोडेको पीएसजी अंक तालिकाको शीर्ष स्थानमा छ। समान अंक जोडेको मार्सेली दोस्रो स्थानमा छ।
खेलेको ७०औँ मिनेटमा बेस्टले पेनाल्टी पाएको थियो। पीएसजीको गोल रक्षक जियानलुइगी डोनारुम्माले पेनाल्टी रोकेपछि पीएसजीले जीत निकाल्यो। इस्लाम स्लिमानीले प्रहार गरेको पेनाल्टी डोनारुम्माले रोकेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।