काठमाडौं– स्पेनिस ला लिगामा बार्सिलोनाले काडिजविरुद्ध सहज जित निकालेको छ।
शनिबार राति भएको खेलमा बार्सिलोनाले काडिजलाई ४-० गोल अन्तरले हराएको हो।
बार्सिलोनाको जितमा फ्रान्की डी योङ, रोबर्ट लेवान्डोस्की,अन्सु फाती, ओसुमाने डेम्बेलेले एक एक गोल गरे।
खेलको ८५ औं मिनेटमा दर्शकको स्वास्थ्यमा समस्या आएपछि खेल केही समय रोकिएको थियो।
दर्शकको स्वास्थ्यमा समस्या आएपछि काडिजका गोलरक्षक लेडेज्माले तत्कालै स्वास्थ्य उपकरण बिरामी दर्शकसम्म पुर्याउन मदत गरेका थिए।
फेरि सुरु भएको खेलको ८६ औं मिनेटमा फातीले गोल गर्दै बार्सिलोनालाई ३-० को अग्रता दिलाए ।
त्यसपछि खेलको इन्जुरी समयमा डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई ४-० को जित दिलाए।
यस जितसँगै ५ खेलमा १३ अंक जोडेको बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
काडिज अंकविहीन रहदै पुछारमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।