काठमाडौं– आसन्न निर्वाचनमा गठबन्धन गरेर जाने सहमति गरेका सत्तारुढ दलहरुलाई सिट बाँडफाँट टुंगो लगाउन सकस परिरहेको छ। निर्णायक भनिएको शनिबारको बैठकसमेत बिना निष्कर्ष टुंगिएपछि सिट बाँडफाँटको टुंगो लगाउन आइतबार बिहान ८ : ३० बजे पुनः बैठक बस्दैछ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीले आफूहरु सहमतिको धेरै नजिक पुगिसकेको जानकारी पनि दिए।
शनिबारको बैठकमा सहभागी अर्का एक सदस्यका अनुसार, प्रतिनिधि सभाको १६५ सिटमा बाँडफाँट गर्नुपर्ने भए पनि दलहरुले त्यसभन्दा ५० बढी सिटमा दाबी गरेका कारण निर्णय गर्न सकस गरेको हो।
'भागबण्डा १६५ सिटको गर्नुपर्ने हो। तर, सबैको दाबी जोड्दा २१५ सिट पुगेको छ। यसरी बढी भएको ५० सिटको हिसाब कसरी मिलाउने? कसको दाबीमा कताबाट कसरी घटाउने? एक हप्तायताको छलफल यही विषयमा केन्द्रित भएको छ', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।