दाङ– लुम्बिनी प्रदेशका पर्यटन, ग्रामिण तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले आफू प्रदेशको स्थायी राजधानी भालुवाङ सार्ने कुराको विरुद्धमा नरहेको बताएका छन् ।
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दाङको प्रशासनिक भवन शिलान्यास तथा विश्व प्राथमिक उपचार दिवस एवं विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा आज तुलसीपुरमा आयोजित कार्यक्रममा उनले स्थायी राजधानी भालुवाङ सार्ने विषयको विरुद्धमा रहेको भनी भ्रम फैलाएको समेत बताए ।
कांग्रेसले स्थायी राजधानी बुटवल बनाउन ह्वीप जारी गरेको थियो, तर मैले त्यो ह्वीप नमानेर दाङको पक्षमा मतदान गरे, त्यतिबेला मेरो संसद पद पनि जान सक्थ्यो’ उनले भने, ‘तर, मैले सांसद पदको नै माया मारेर भालुवाङका लागि मतदान गरे ।’
तर, अहिले सार्न दिएको छैन भनी आफूमाथि गरिएको प्रचार गलत भएको उनले बताए । उनले अहिले भालुवाङमा संरचना निर्माण भइरहेको भन्दै छिट्टै भालुवाङ सर्ने बताए । साथै उनले राजधानी भालुवाङ ल्याउन नदिन एउटा ठेकेदार संघका अध्यक्षले नै मुद्दा दायर गरेको समेत स्मरण गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।