इस्लामावाद (एजेन्सी) – पाकिस्तानको बलूचिस्तान प्रान्तमा शनिबार बस र भ्यान एक-आपसमा ठोक्किँदा १४ जनाको ज्यान गएको छ । घटनामा ३० जना घाइते भएका छन्।
बलूचिस्तान प्रान्तको मस्ताङ क्षेत्रमा दुर्घटना भएको हो । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने प्रहरीको भनाइ छ।
स्थानीय प्रहरी अधिकारीका अनुसार, भ्यानका चालकले नियन्त्रण गुमाउँदा सामुन्नेमा आउँदै गरेको बससँग ठोक्किएको थियो।
पाकिस्तान तथ्यांक विभागका अनुसार, खराब परिवहन व्यवस्थाका कारण पाकिस्तानमा हरेक वर्ष सवारी दुर्घटनामा ४ हजार ५ सय जनाको मृत्यु हुने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।