• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

घनश्याम भुसाललाई रोक्न एमालेभित्रै घेराबन्दी, रुपन्देही- ३ बाट पाउलान् त टिकट ?

64x64
प्रतिक पौडेल शनिबार, भदौ २५, २०७९  १२:२८
1140x725

बुटवल– मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लिएर चर्चामा रहेका निर्वाचन क्षेत्रमध्ये एक हो रुपन्देही- ३। नेकपा एमालेका बौद्धिक नेता घनश्याम भुसाल दुई पटक विजय भइसकेको यस क्षेत्रमा कांग्रेसका तर्फबाट गृहमन्त्री बालकृष्ण खाँण उठ्ने सम्भावना बढेपछि चर्चा सुरु भएको हो।

निर्वाचन लड्ने तयारी गरेका गृहमन्त्री खाँण निर्वाचन क्षेत्र केन्द्रित कार्यक्रममा सहभागी भइरहेको देखिन्छ। उनी जिल्ला आएका बेला रुपन्देही- ३ मा पर्ने सिद्धार्थनगर नगरपालिका, सियारी गाउँपालिका, शुद्धोधन गाउँपालिका लगायत स्थानीय तहमा हुने उद्घाटन, शिलान्यास र कार्यकर्ता भेटघाटमा व्यस्त हुने गरेका छन्। निर्वाचन घोषणा अगावैदेखि उनका अधिकांश कार्यक्रम निर्वाचन क्षेत्र केन्द्रित छन्।  

यस क्षेत्रका प्रतिनिधि सभा सदस्य घनश्याम भुसाल भने निर्वाचन घोषणापछि खासै देखिएका छैनन्। पछिल्लो समय उनी रुपन्देही नै आएका छैनन्। भुसालका संसदीय कार्यालय प्रमुख मनोजकुमार रिजालका अनुसार रुपन्देही - ३ मा भुसाल निर्विकल्प उम्मेदवार हुन्। उनी भन्छन्, 'भुसाल कहाँ भन्ने प्रश्न नै छैन। भुसालको क्षेत्र रुपन्देही- ३  नै हो।'

रिजालले रुपन्देही- ३ मा भुसाल आउने जाने विषयमा भन्दा पनि यस क्षेत्रको विद्युतीकरण, विद्यालयहरुको पूर्वाधार निर्माण, स्वास्थ क्षेत्रको विकास, सामाजिक संस्थाहरुको सबलीकरण, स्थानीय तहहरुमा भएका सडक निर्माण लगायतका विकासका काम कस्तो भएका छन्, त्यस विषयमा बहस हुन जरुरी रहेको बताए।

२०७४ सालको निर्वाचनमा रुपन्देही- ३ बाट तत्कालीन वाम गठबन्धनको साझा उम्मेदवारका रुपमा भुसाल निर्वाचित भएका थिए। निर्वाचन जितेर कृषिमन्त्रीसमेत बनेका उनी २०७७ साल पुस ५ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि खरो प्रतिरोधमा उत्रिएका थिए। भुसाल पार्टी अध्यक्ष ओलीको कठोर आलोचक भएकाले पनि ओली पक्षले उनलाई पाखा लगाउने रणनीति अपनाइरहेको एमालेकै नेताहरुको अनुमान छ। 

गृहमन्त्री खाँण भने २०७४ मा यस क्षेत्रबाट उठ्ने चर्चा चले पनि राप्रपासँगको गठबन्धनका कारण दीपक बोहरालाई उम्मेदवार बनाएर समानुपातिक सूचीमा बसेका थिए। 

अहिले यस क्षेत्रमा नेपाली कांग्रेसबाट गृहमन्त्री खाँण सर्वसम्मत रुपमा सिफारिस भएका छन्। राप्रपाबाट बोहरा पनि सर्वसम्मत सिफारिस भएका छन्। तर खाँण र बोहरा रुपन्देही- १ र रुपन्देही- २ मा पनि सर्वसम्मत रुपमा सिफारिस भएका कारण उक्त क्षेत्रबाट दुवै नेताहरु उठ्ने चर्चासमेत चल्ने गरेको छ।

भुसाल रुपन्देही- १ बाट निर्वाचन लड्ने पनि कतिपयले बताएका छन्। यद्यपि, उनलाई यहाँबाट निर्वाचन लड्न नदिन एमालेभित्रै रोक्ने प्रयास गरिएको छ। नेकपा एमालेका अन्य शीर्ष नेताहरु जस्तै रुपन्देही- १ मा घनश्याम भुसालसहित ४ जनाको नाम क्षेत्रीय कमिटीबाट सिफारिस भए पनि जिल्ला कमिटीलाई प्रभावमा पारेर केन्द्रीय सचिव छविलाल विश्वकर्माले आफूलाई उक्त क्षेत्रमा सर्वसम्मत रुपमा सिफारिस गराउन सफल भएका छन्। भुसालको नाम नै गायब पारिएको छ।

nimb
nimb
Ncell 2
Ncell 2

रुपन्देही - २ मा विष्णु पौडेल र रुपन्देही - ५ मा खिमलाल भट्टराई सर्वसम्मत सिफारिस भएका छन्। तर रुपन्देही- ३ मा भने भुसालसँगै थप ३ जनालाई सिफारिस गरेर उनलाई पार्टीभित्रै घेराबन्दी गर्ने प्रयास भइरहेको उनी पक्षका नेताहरु बताउँछन्। 

नेकपा एमाले सिद्धार्थनगर नगर कमिटीका पूर्वसचिव थानेश्वर पौडेलले भुसाल जस्तो केन्द्रीय नेतासँग जिल्ला तहका नेताको नाम सिफारिस गरेर घेराबन्दीको दुष्प्रयास भएको बताए। पौडेलले यो पार्टी सिध्याउने बाटो भएकोले यसलाई पार्टीका नेताहरु समयमै नबुझे संकट आउने बताए।

पौडेलले पार्टी संगठन एक भएर भुसाललाई जिताउन लागे गृहमन्त्री खाँणलाई सहजै पराजित गर्न सकिने विश्वास व्यक्त गरे। पौडेलले भने, 'पार्टी संगठन एक हुँदा २०७४ को चुनाव हामीले जित्यौँ। एक नहुँदा २०७९ को स्थानीय चुनाव हामीले हारेका हौँ।'

कसैले पनि मनमा तुष नराखी एक भएर लागे जित हासिल हुने उनले विश्वास व्यक्त गरे।

रुपन्देही- ३ मा भुसालसँगै तिलोत्तमा नगरपालिकाका पूर्वनगरप्रमुख बासुदेव घिमिरेको पनि नाम पठाइएको छ। घिमिरे यस क्षेत्रको लागि नयाँ अनुहार हुन्। यस क्षेत्रमा तिलोत्तमा नगरपालिकाको दुइटा वडा मात्र पर्छ। जसकारण पनि अन्य स्थानीय तहमा घिमिरेको प्रभाव शून्य जस्तै छ।

यस्तै सिफारिसमा परेका अर्का नेता यज्ञजीत शाह हुन्। शाह पूर्वप्रधानमन्त्री डा केआई सिंहका छोरा हुन्। शाह यसभन्दा अघि एकपटक नेपाल सद्‍भावना पार्टीबाट चुनाव लडेर सांसद भएका थिए। जिल्ला तहका नेता दुर्गा भुसालको नाम पनि घनश्याम भुसालसँगै एमालेले सिफारिस गरेको छ। 

२०७४ मा राप्रपाका नेता बोहरा र एमाले नेता भुसालबीच प्रतिस्पर्धा भएको थियो। भुसाल वाम गठबन्धनका साझा उम्मेदवार थिए भने बोहरालाई कांग्रेसको समर्थन थियो। तर, भुसालले बोहरालाई पराजित गरे। भुसालले ३२ हजार ८६६ मत ल्याउँदा बोहराले २७ हजार ४२२ मत पाएका थिए। २०७० मा भने खाँणले भुसाललाई ८६ मतले पराजित गरेका थिए। यस क्षेत्रबाट २०६४ सालमा पनि खाँण नै वियजी भएका थिए।

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मतका आधारमा यो क्षेत्रमा कांग्रेस पहिलो र एमाले दोस्रो बनेका छन्। कांग्रेसले ३४ हजार १५३ मत पाउँदा एमालेले २९ हजार ४८ पाएको थियो। यस्तै, राप्रपाले १३ हजार ३९७, जसपाले ६ हजार १८३, माओवादीले २ हजार ८८१, लोसपाले २ हजार १७४ र एकीकृत समाजवादीले ९७७ मत पाएका थिए। राप्रपा र एमालेबीच गठबन्धन भएमा एमालेका उम्मेदवारले खाँणलाई चुनौती दिने आकलन गर्न सकिन्छ।तर, यी दलबीच गठबन्धन भएन भने खाँण बलिया मानिन्छन्।

पार्टीभित्र रोक्न नसके गठबन्धन देखाएर रोक्ने   

नेकपा एमालेका स्थायी कमिटी सदस्य भुसाललाई पार्टीबाट रोक्न नसक्ने अवस्था आएमा राप्रपासँगको सम्भावित चुनावी तालमेल देखाएर रोकिने चर्चा पनि एमाले वृत्तमा छ। राप्रपासँग चुनावी तालमेल गरेर रुपन्देही- ३ मा राप्रपा नेता दीपक बोहोरालाई दिने र क्षेत्र नम्बर १ मा एमालेका छबिलाल विश्वकर्मालाई उम्मेदवार बनाउने रणनीति बनिरहेको आशंका गर्न थालिएको छ। प्रतिनिधि सभा विघटन र पार्टीको दशौँ महाधिवेशनको अन्तरविरोध साँधेर भुसाललाई अवरोध गर्न यस क्षेत्रका मात्र नभएर प्रदेश कमिटीका नेतासम्म लागिपरेका सूचना आफूहरुलाई आइरहेको भुसाल पक्षका नेताहरु बताउँछन्।

एमालेका प्रदेश कमिटीका एक सदस्यले भने, 'घनश्याम कमरेडले अध्यक्ष ओलीलाई मानेर हिँड्न सक्नुपर्थ्यो। अध्यक्ष ओलीलाई नमान्ने, चुनावमा उठ्छु भन्ने गरेर हुँदैन।' 

उनले रुपन्देही- १ मात्र होइन, रुपन्देही- ३ मा पनि राप्रपासँग चुनावी तालमेल हुने हुनाले भुसाल यसपटकको निर्वाचनमा चुप लागेर बस्नुपर्ने आशय उनले व्यक्त गरे। उनले भने, 'क्षेत्र नम्बर १ मा राप्रपाको १८-२० हजार भोट छ, क्षेत्र नम्बर ३ मा पनि राप्रपा राम्रै छ। पार्टीले त जित्नुपर्‍यो। त्यसैले भुसाल कमरेड चुप लागेर बस्नुमै बेस हुन्छ।' 

पछिल्लो समय स्वास्थ्यमा समस्या देखिएका बोहरा निर्वाचन नलड्ने पो हुन् कि भन्ने चर्चा पनि छ। यस्तै बोहराले गृहमन्त्री खाँणसँग चुनाव लड्न नचाहेको चर्चा पनि छ। बोहराले रुपन्देही - १ मा लड्न चाहेको उनी निकट नेताहरु बताउँछन्।

रुपन्देही- ३ मा बुटवल उपमहानगरको वडा नम्बर १४ देखि १९, सिद्धार्थनगर नगरपालिका, शुद्धोधन गाउँपालिका, मायादेवी गाउँपालिकाको वडा नम्बर ७ र ८, ओमसतिया गाउँपालिकाको वडा नम्बर २, सियारी गाउँपालिकाका वडा नम्बर १, २, ३, ६ र ७ तथा तिलोत्तमा नगरपालिकाका वडा नम्बर १३ र १४ पर्छन्।

प्रकाशित मिति: शनिबार, भदौ २५, २०७९  १२:२८
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रतिक पौडेल
लेखकबाट थप
लघुवित्तको ‘यातना’बाट मुक्ति पाउन दैनिक प्रशासनको दैलो धाउँछन् महिलाहरु
लुम्बिनीमा वर्षौंदेखि जम्मा गरेर राखिएको विदेशी मुद्राको सटही हुने
होटलको हब बन्दै भैरहवा, १० देखि १२ अर्ब लगानी
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
अब एक अदालतले दोषी ठहर गर्दैमा चुनाव लड्न रोक नलाग्ने, सर्वोच्चले बनायो यस्तो नजिर मंगलबार, भदौ ९, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
स्काईवेल बीई ११ सार्वजनिक, यस्ता छन् विशेषताहरु मंगलबार, भदौ ९, २०८३
नाडामा टाटाको सिएरा ईभी सार्वजनिक, नेक्सन ईभीको नयाँ भेरियन्टमा १ लाख ५० हजार छुट मंगलबार, भदौ ९, २०८३
विपक्षी दलका सांसदको अनुपस्थितिमा प्रदेशसभाबाट विश्वासको मत लिए थापाले, तीन दलको बहिस्कार मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्