काठमाडौं– एएफसी यू-२० एसियन कप छनोटको पहिलो खेलमा नेपालले आज (शनिबार) भुटानसँग खेल्दैछ।
बहराइनको शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा नेपाल र भुटानबीचको खेल राति ८:४५ बजे सुरु हुनेछ।
नेपाली यू-२० राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक मेघराज केसीले प्रतियोगिताका लागि टिमको तयारी राम्रो रहेको बताए। प्रशिक्षक केसीले एसियन कपमा छनोट हुने आशा राखेकोसमेत बताए।
नेपालको समूहमा भुटानसँगै कतार, बहराइन र बंगालादेश छन्। यस्तै नेपालले दोस्रो खेलमा सोमबार कतारसँग खेल्नेछ।
नेपालले बिहीबार बहराइनसँग खेल्दा अन्तिम खेलमा बंगलादेशसँग अर्को हप्ताको आइतबार खेल्नेछ।
समूह विजेताले सन् २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू-२० एसियन कपमा स्थान बनाउने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।