काठमाडौं– श्रीलंका साफ यू-१७ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।
घरेलु टोली श्रीलंका माल्दिभ्सलाई १-० गोल अन्तरले पराजित गर्दै अन्तिम चार पुगेको हो।
कोलम्बोको रेस कोर्स ग्राउण्डमा शुक्रबार भएको खेलमा श्रीलंकाका मोहमद मुफासले निर्णायक गोल गरे। उनले खेलको दशौँ मिनेटमा गोल गरेका हुन्।
यस जितसँगै समूह 'ए' को श्रीलंकाले २ खेलमा ३ अंक जोड्यो ।
श्रीलंका समूह उपविजेता बन्दै सेमिफाइनल पुगेको हो । यस समूहबाट बंगलादेशले समूह विजेता बन्दै अन्तिम चारमा स्थान बनाएको छ ।
अब श्रीलंकाले सेमिफाइनलमा नेपालको सामना गर्नेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।