काठमाडौं- युरोपा लिगमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले हार ब्यहोरेको छ।
नेपाली समयअनुसार बिहीबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड ला-लिगा क्लब रियल सोसिडाडसँग १-० गोलले पराजित भएको हो।
घरेलु मैदानमा प्रमुख खेलाडी क्रिस्टियानो रोनाल्डोसहित मैदानमा उत्रिएको म्यानचेस्टर युनाइटेडलाई हराउने क्रममा सोसिडाडका ब्रेस मेन्डजले गोल गरे।
लिसान्ड्रो मार्टिनेजले ह्याण्ड बनाएपछि रेफ्रिले सोसिडाडलाई पेनाल्टी दिएका थिए। ५९औं मिनेटमा पेनाल्टीमार्फत मेन्डजले गोल गर्दै सोसिडाडलाई जित दिलाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।