काठमाडौं- काठमाडौंमा जारी छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा आज श्रीलङ्का र भुटान खेल्दैछन्।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बेलुका साढे ५ बजे खेल सुरु हुनेछ । समूह ‘बी’ मा रहेको श्रीलङ्काको यो पहिलो खेल हो। भुटानको यो दोस्रो खेल हो।
भुटान पहिलो खेलमा नेपालसँग ४–० गोलले पराजित भएको थियो । प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलङ्का, भुटान, बङ्गलादेश, पाकिस्तान र माल्दिभ्स सहभागी छन्।
साफले सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ । समूह ‘ए’ मा साविक विजेता भारत, माल्दिभ्स, बङ्गलादेश र पाकिस्तान तथा समूह ‘बी’ मा नेपाल, श्रीलङ्का र भुटान रहेका छन्।
समूह चरणको खेलपछि समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्। फाइनल खेल असोज ३ गते हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।