काठमाडौं– साफ यू-१७ च्याम्पियनसिप फुटबलमा नेपालले शुक्रबार भारतको सामना गर्दैछ।
श्रीलंकाको कोलम्बोस्थित रेस कोर्स ग्राउण्डमा नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ।
नेपाल भारतलाई हराउँदै समूह विजेता बन्दै सेमिफाइनलमा पुग्ने योजनामा छ । तर, भारतलाई हराउँन नेपाललाई सहज भने छैन । भारत पनि नेपाललाई हराएर समूह विजेता बन्न चाहन्छ।
समूह 'बी' मा रहेका नेपाल र भारत यस अघि नै सेमिफाइनल पुगिसकेका छन्। ३ अंक जोडेको नेपाल समूहको दोस्रो र भारत शीर्ष स्थानमा छ ।
नेपालले पहिलो खेलमा भुटानलाई २-१ गोल अन्तरले हराएको थियो। भारतले पनि भुटानलाई ३-० ले हराएको थियो। दुबै खेलमा हार व्यहोरेको भुटान बाहिरिसकेको छ ।
यू-१७ अन्तर्गत नै शुक्रबार हुने दोस्रो खेलमा श्रीलंका र माल्दिभ्स भिड्ने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।