• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

सप्तरी- २ : उपेन्द्र, महन्थ र सीके राउतको दाबी, मतमा को छ हाबी?

64x64
राजनीतिक ब्यूरो बिहीबार, भदौ २३, २०७९  १३:२९
1140x725

काठमाडौं- सप्तरी- २ बाट मधेस केन्द्रित तीनवटै दलका शीर्ष नेताहरु सिफारिस भएका छन्। २०७४  सालमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जितेको उक्त क्षेत्रमा उनीसहित लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र जनमत पार्टीका अध्यक्ष डा सीके राउत समेत प्रतिनिधि सभा उम्मेदवारमा सिफारिस भएका छन्।

गत साउन २० गते नै डा राउतले उक्त क्षेत्रबाट चुनाव लड्ने घोषणा गर्दै निर्वाचन अभियान थालेका थिए। मंगलबार मात्रै लोसपाका अध्यक्ष महन्थ ठाकुर सिफारिस भएका छन्। जिल्ला समन्वय समिति सप्तरीको सभाहलमा सम्पन्न क्षेत्रीय भेलाले उनीसँगै जयप्रकाश ठाकुरको नाम पनि सिफारिस गरिएको छ।

उक्त क्षेत्रबाट निर्वाचित जसपा अध्यक्ष उपेन्द्र पनि केही दिनअघि नै सर्वसम्मत सिफारिस भएका छन्। तीनै जना पार्टी अध्यक्ष भएको हुनाले उनीहरुले चाहेमा त्यहीँबाट प्रतिस्पर्धामा उत्रिन पार्टीभित्र समस्या पर्नेछैन।

सप्तरी- २ अन्तर्गत महादेवा गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिका, राजविराज नगरपालिका र छिन्नमस्ता गाउँपालिका पर्छन्।

स्थानीय तह निर्वाचनमा यी ४ पालिकामध्ये २ वटामा लोसपाले प्रमुख जितेको छ। त्यस्तै, नेपाली कांग्रेस र जसपाले एउटा/एउटा पालिका जितेका छन्। पालिकाको नतिजाकै कारण लोसपाले गठबन्धन हुँदा पनि दाबी गर्न अध्यक्ष महन्थलाई नै अघि सारेको हो। तर, २०७४ मा उपेन्द्रसँग स्वतन्त्र उम्मेदवारका रुपमा प्रतिस्पर्धा गरेका जयप्रकाश लोसपाबाट टिकट लिने दाउमा छन्।

गत स्थानीय तहको निर्वाचनमा सप्तरी-२ अन्तर्गत पर्ने वडाहरुमा वडाध्यक्षका उम्मेदवारहरुले पाएको मतमा जसपा अगाडि छ। जसपाको १३ हजार १९७, कांग्रेसले ९ हजार ६६४, माओवादीले ८ हजार ९९० मत पाएका थिए। त्यसैले हालको सत्ता गठबन्धनको मत मात्रै ३१ हजार ८५१ मत पुग्छ। त्यस्तै, लोसपाले १० हजार १३२, एमालेले ४ हजार ८३७ र डा राउत नेतृत्वको जनमत पार्टीले ३ हजार ८७७ मत पाएको थियो।

डा राउतको पार्टीले सप्तरी जिल्लाकै दुई पालिका जितेको छ तर सप्तरी- २ अन्तर्गत पर्दैनन्। गृह पालिकामा एउटा वडाध्यक्ष जितेका डा राउत आफैं मैदानमा आउँदा फरक माहोल बन्ने अपेक्षा सो पार्टीको छ। राउत उपेन्द्र तथा उनी नेतृत्वको जसपाले हाँकिरहेको मधेस सरकारको तीव्र आलोचक पनि हुन्। त्यसैले उनले रणनीतिक रुपमै आफ्नो प्रतिस्पर्धी छनोट गर्न खोजे जस्तो देखिन्छ। त्यस्तै, डा राउतको छवि अध्ययनशील छ। उनले एउटा समूहमा आफूलाई लोकप्रिय पनि बनाएका छन्। सप्तरीको सदरमुकाम राजविराज पनि सप्तरी-२ अन्तर्गत नै पर्ने भएकाले सहरी क्षेत्रको मत तान्न सहज हुने आकलन उनको हुनसक्छ।

राउत नयाँ उम्मेदवार भएकाले पुराना उम्मेदवारलाई उनको लोकप्रियता आकलन गर्न कठिन हुन्छ। सम्भवतः यादवलाई पनि त्यही भइरहेको छ। स्थानीय तहको निर्वाचनमा सप्तरी-२ मा जसपा बलियो देखिएता पनि राउतको लोकप्रियताको आकलन गर्न कठिन भएकै कारण उपेन्द्र यसपटक सो क्षेत्रबाट उम्मेदवार बन्नेमा शंका छ।

Ncell 2
Ncell 2
nimb
nimb

अन्य कैयौँ ठाउँबाट पनि उम्मेदवार सिफारिस गरिएका कारण उनलाई अन्यत्रबाट प्रतिस्पर्धामा उत्रिने बहाना बन्न सक्छ। त्यसो त, निर्वाचन क्षेत्र फेरिरहने यादवको विशेषता जस्तै बन्न थालेको छ। त्यसैले यसपटक पनि क्षेत्र फेरिएमा अनौठो हुनेछैन।

२०७४ को निर्वाचनमा महन्थ महोत्तरी-३ बाट निर्वाचित भएका थिए। उनलाई समर्थन गर्दै कांग्रेसले आफ्नो उम्मेदवार बजरंग नेपालीको उम्मेदवारी फिर्ता गराएका थियो। त्यसैले उनले वाम गठबन्धनका उम्मेदवार विजयकुमार चौधरीलाई सहजै पराजित गरेका थिए। महन्थले २६ हजार ८४५ मत पाउँदा चौधरीले ८ हजार ६७६ मत मात्रै पाएका थिए।

उपेन्द्रले सप्तरी-२ छाड्ने र सत्ता गठबन्धनले पनि सघाउने अवस्थामा महन्थ यही क्षेत्रबाट प्रतिस्पर्धी बन्न सक्छन्। तर, स्वयं यसअघि निर्वाचित भएको र स्थानीय तहको निर्वाचनमा पनि राम्रो मत पाएकाले उपेन्द्रले नछाडेको अवस्थामा महन्थलाई प्रतिस्पर्धामा उत्रिनु चुनौतीपूर्ण हुने निश्चित छ।

यस क्षेत्रमा माओवादी केन्द्र र कांग्रेसको मत समेत कमजोर नभएका कारण उनीहरुको पनि स्वाभाविक दाबी रहने देखिन्छ। २०७४ को निर्वाचनमा सप्तरी-२ मा यादवका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका उमेशकुमार यादव थिए। तर, यसपटक उनको खासै चर्चा छैन। सत्ता गठबन्धन उम्मेदवारबीच तालमेल हुँदा उनले टिकट पाउने सम्भावना झनै कमजोर छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

वडाध्यक्षको मत परिणामअनुसार एमाले कमजोर देखिन्छ। त्यसकारण कुनै दलसँग तालमेल हुँदा यो क्षेत्र छाड्ने सम्भावना देखिन्छ। स्थानीय नेताहरुका अनुसार डा राउतलाई एमालेले सघाउने सक्ने सम्भावना रहन्छ। तर, राउतका लागि दलीय सहयोगभन्दा पनि आफ्नो लोकप्रियताको अनुमोदनको बढी अपेक्षित छ।

प्रकाशित मिति: बिहीबार, भदौ २३, २०७९  १३:२९
  • #चुनाव_२०७९
  • #निर्वाचन क्षेत्र विशेष

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
राजनीतिक ब्यूरो
लेखकबाट थप
गुल्मी- १ मा प्रदीप ज्ञवाली र चन्द्र भण्डारीको लडाइँ : ह्याट्रिक कि बराबरी?
ईश्वर पोखरेलका दुई चुनौती- प्रदीप पौडेल र ‘अन्तर्घात’!
काठमाडौं १: प्रकाशमान सिंहको चौथो जित कि रवीन्द्र मिश्रको ‘डेब्यु’?
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्