• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

सप्तरी- २ : उपेन्द्र, महन्थ र सीके राउतको दाबी, मतमा को छ हाबी?

64x64
राजनीतिक ब्यूरो बिहीबार, भदौ २३, २०७९  १३:२९
1140x725

काठमाडौं- सप्तरी- २ बाट मधेस केन्द्रित तीनवटै दलका शीर्ष नेताहरु सिफारिस भएका छन्। २०७४  सालमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जितेको उक्त क्षेत्रमा उनीसहित लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र जनमत पार्टीका अध्यक्ष डा सीके राउत समेत प्रतिनिधि सभा उम्मेदवारमा सिफारिस भएका छन्।

गत साउन २० गते नै डा राउतले उक्त क्षेत्रबाट चुनाव लड्ने घोषणा गर्दै निर्वाचन अभियान थालेका थिए। मंगलबार मात्रै लोसपाका अध्यक्ष महन्थ ठाकुर सिफारिस भएका छन्। जिल्ला समन्वय समिति सप्तरीको सभाहलमा सम्पन्न क्षेत्रीय भेलाले उनीसँगै जयप्रकाश ठाकुरको नाम पनि सिफारिस गरिएको छ।

उक्त क्षेत्रबाट निर्वाचित जसपा अध्यक्ष उपेन्द्र पनि केही दिनअघि नै सर्वसम्मत सिफारिस भएका छन्। तीनै जना पार्टी अध्यक्ष भएको हुनाले उनीहरुले चाहेमा त्यहीँबाट प्रतिस्पर्धामा उत्रिन पार्टीभित्र समस्या पर्नेछैन।

सप्तरी- २ अन्तर्गत महादेवा गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिका, राजविराज नगरपालिका र छिन्नमस्ता गाउँपालिका पर्छन्।

स्थानीय तह निर्वाचनमा यी ४ पालिकामध्ये २ वटामा लोसपाले प्रमुख जितेको छ। त्यस्तै, नेपाली कांग्रेस र जसपाले एउटा/एउटा पालिका जितेका छन्। पालिकाको नतिजाकै कारण लोसपाले गठबन्धन हुँदा पनि दाबी गर्न अध्यक्ष महन्थलाई नै अघि सारेको हो। तर, २०७४ मा उपेन्द्रसँग स्वतन्त्र उम्मेदवारका रुपमा प्रतिस्पर्धा गरेका जयप्रकाश लोसपाबाट टिकट लिने दाउमा छन्।

गत स्थानीय तहको निर्वाचनमा सप्तरी-२ अन्तर्गत पर्ने वडाहरुमा वडाध्यक्षका उम्मेदवारहरुले पाएको मतमा जसपा अगाडि छ। जसपाको १३ हजार १९७, कांग्रेसले ९ हजार ६६४, माओवादीले ८ हजार ९९० मत पाएका थिए। त्यसैले हालको सत्ता गठबन्धनको मत मात्रै ३१ हजार ८५१ मत पुग्छ। त्यस्तै, लोसपाले १० हजार १३२, एमालेले ४ हजार ८३७ र डा राउत नेतृत्वको जनमत पार्टीले ३ हजार ८७७ मत पाएको थियो।

डा राउतको पार्टीले सप्तरी जिल्लाकै दुई पालिका जितेको छ तर सप्तरी- २ अन्तर्गत पर्दैनन्। गृह पालिकामा एउटा वडाध्यक्ष जितेका डा राउत आफैं मैदानमा आउँदा फरक माहोल बन्ने अपेक्षा सो पार्टीको छ। राउत उपेन्द्र तथा उनी नेतृत्वको जसपाले हाँकिरहेको मधेस सरकारको तीव्र आलोचक पनि हुन्। त्यसैले उनले रणनीतिक रुपमै आफ्नो प्रतिस्पर्धी छनोट गर्न खोजे जस्तो देखिन्छ। त्यस्तै, डा राउतको छवि अध्ययनशील छ। उनले एउटा समूहमा आफूलाई लोकप्रिय पनि बनाएका छन्। सप्तरीको सदरमुकाम राजविराज पनि सप्तरी-२ अन्तर्गत नै पर्ने भएकाले सहरी क्षेत्रको मत तान्न सहज हुने आकलन उनको हुनसक्छ।

राउत नयाँ उम्मेदवार भएकाले पुराना उम्मेदवारलाई उनको लोकप्रियता आकलन गर्न कठिन हुन्छ। सम्भवतः यादवलाई पनि त्यही भइरहेको छ। स्थानीय तहको निर्वाचनमा सप्तरी-२ मा जसपा बलियो देखिएता पनि राउतको लोकप्रियताको आकलन गर्न कठिन भएकै कारण उपेन्द्र यसपटक सो क्षेत्रबाट उम्मेदवार बन्नेमा शंका छ।

Ncell 2
Ncell 2

अन्य कैयौँ ठाउँबाट पनि उम्मेदवार सिफारिस गरिएका कारण उनलाई अन्यत्रबाट प्रतिस्पर्धामा उत्रिने बहाना बन्न सक्छ। त्यसो त, निर्वाचन क्षेत्र फेरिरहने यादवको विशेषता जस्तै बन्न थालेको छ। त्यसैले यसपटक पनि क्षेत्र फेरिएमा अनौठो हुनेछैन।

२०७४ को निर्वाचनमा महन्थ महोत्तरी-३ बाट निर्वाचित भएका थिए। उनलाई समर्थन गर्दै कांग्रेसले आफ्नो उम्मेदवार बजरंग नेपालीको उम्मेदवारी फिर्ता गराएका थियो। त्यसैले उनले वाम गठबन्धनका उम्मेदवार विजयकुमार चौधरीलाई सहजै पराजित गरेका थिए। महन्थले २६ हजार ८४५ मत पाउँदा चौधरीले ८ हजार ६७६ मत मात्रै पाएका थिए।

उपेन्द्रले सप्तरी-२ छाड्ने र सत्ता गठबन्धनले पनि सघाउने अवस्थामा महन्थ यही क्षेत्रबाट प्रतिस्पर्धी बन्न सक्छन्। तर, स्वयं यसअघि निर्वाचित भएको र स्थानीय तहको निर्वाचनमा पनि राम्रो मत पाएकाले उपेन्द्रले नछाडेको अवस्थामा महन्थलाई प्रतिस्पर्धामा उत्रिनु चुनौतीपूर्ण हुने निश्चित छ।

यस क्षेत्रमा माओवादी केन्द्र र कांग्रेसको मत समेत कमजोर नभएका कारण उनीहरुको पनि स्वाभाविक दाबी रहने देखिन्छ। २०७४ को निर्वाचनमा सप्तरी-२ मा यादवका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका उमेशकुमार यादव थिए। तर, यसपटक उनको खासै चर्चा छैन। सत्ता गठबन्धन उम्मेदवारबीच तालमेल हुँदा उनले टिकट पाउने सम्भावना झनै कमजोर छ।

वडाध्यक्षको मत परिणामअनुसार एमाले कमजोर देखिन्छ। त्यसकारण कुनै दलसँग तालमेल हुँदा यो क्षेत्र छाड्ने सम्भावना देखिन्छ। स्थानीय नेताहरुका अनुसार डा राउतलाई एमालेले सघाउने सक्ने सम्भावना रहन्छ। तर, राउतका लागि दलीय सहयोगभन्दा पनि आफ्नो लोकप्रियताको अनुमोदनको बढी अपेक्षित छ।

प्रकाशित मिति: बिहीबार, भदौ २३, २०७९  १३:२९
  • #चुनाव_२०७९
  • #निर्वाचन क्षेत्र विशेष

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
राजनीतिक ब्यूरो
लेखकबाट थप
गुल्मी- १ मा प्रदीप ज्ञवाली र चन्द्र भण्डारीको लडाइँ : ह्याट्रिक कि बराबरी?
ईश्वर पोखरेलका दुई चुनौती- प्रदीप पौडेल र ‘अन्तर्घात’!
काठमाडौं १: प्रकाशमान सिंहको चौथो जित कि रवीन्द्र मिश्रको ‘डेब्यु’?
सम्बन्धित सामग्री
उम्मेदवारको नामावली आज प्रकाशन हुँदै माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । त्यसै दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मे... बिहीबार, माघ ८, २०८२
प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आयोगद्वारा टोल–फ्री सेवा सञ्चालन अघिल्ला निर्वाचनमा प्रयोग हुँदै आएको अभ्यासलाई निरन्तरता दिँदै यस पटक पनि आयोगले कल सेवा केन्द्र सक्रिय बनाएको हो। बुधबार, माघ ७, २०८२
मुस्ताङमा चार जना उम्मेदवार मुस्ताङमा चार जनाले मात्र उम्मेदवारी दर्ता गराएका छन् भने मनाङमा पाँच जनाको उम्मेदवारी परेको छ । बुधबार, माघ ७, २०८२
ताजा समाचारसबै
इलाम पुगेर सुरु गरे बालेनले घरदैलो कार्यक्रम (तस्बिरहरू) बिहीबार, माघ ८, २०८२
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेदरल्यान्ड्सविरुद्ध नेपालले बलिङ गर्दै बिहीबार, माघ ८, २०८२
किन केही मानिसहरुका लागि तौल घटाउन मुश्किल पर्छ ? बिहीबार, माघ ८, २०८२
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले आज नेदरल्यान्ड्ससँग भिड्दै बिहीबार, माघ ८, २०८२
उम्मेदवारको नामावली आज प्रकाशन हुँदै बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
यी ६ पूर्वअर्थमन्त्री चुनावी दौडमा, को कहाँबाट भिड्दै छन्? बुधबार, माघ ७, २०८२
७० प्रतिशत भोट ल्याएर जित्ने ओलीको दाबी बुधबार, माघ ७, २०८२
पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा अख्तियारबाट मिसिल झिकाउने आदेश बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्