काठमाडौं– युरोपियन च्याम्पियन्स लिग फुटबलमा जर्मन क्लब बायर्न म्युनिखले विजयी सुरुआत गरेको छ।
नेपाली समयअनुसार बिहीबार राति सकिएको खेलमा बायर्नले इटालियन क्लब इन्टर मिलानलाई २–० गोल अन्तरले हरायो।
बायर्नको जितका लागि खेलको २५औं मिनेटमा लिरोय सानेले गोल गरे। जोशुआ किमिचको पासमा सानेले गोल गरेका थिए।
डानिलो डिएम्ब्रोसियोको आत्मघाती गोलका कारण बायर्नले अग्रता दोब्बर बनायो।
जितसँगै ३ अंक जोडेको बायर्न समूह ‘सी’को दोस्रो स्थानमा छ।
बायर्न ६ र इन्टर मिलान ३ गरी यी दुई क्लबले ९ पटक च्याम्पियन्स लिगको उपाधी उचालिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।