काठमाडौं– स्पेनिस क्लब बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलमा फराकिलो जित निकालेको छ। गएराति भएको खेलमा बार्सिलोनाले चेक क्लब भिक्टोरिया प्लजेनलाई ५–१ गोल अन्तरले हरायो।
बार्सिलोनाका लागि रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक गरे। लेवान्डोस्कीको ह्याट्रिकसँगै फ्रेन्कि किसी र फेरान टोरेसले एक/एक गोल गरे।
भिक्टोरिया प्लजेन लागि जान सिकोराले एक गोल फर्काए। गत जुलाईमा बायर्न म्युनिख छाडेका लेवान्डोस्कीले बार्सिलोनाका लागि पछिल्ला ५ खेलमा ८ गोल गरेका छन्।
खेलको ३४ औं मिनेटमा पहिलो गोल गरेका लेवान्डोस्कीले पहिलो हाफको इन्जुरी समयमा दोस्रो र ६७ औं मिनेटमा तेस्रो गोल गरेका थिए।
त्यअघि किसीले खेलको १३औं मिनेटमा बार्सलोनाका लागि खाता खोलेका थिए। खेलको ७१ औं मिनेटमा गोल गर्दै टोरेसले बार्सिलोनाको अग्रता फराकिलो बनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।