काठमाडौं– च्याम्पियन्स लिग फुटबलमा इटालियन क्लब नापोलीले लिभरपुलमाथि शानदार जित निकालेको छ।
गएराति भएको समूह चरणको पहिलो खेलमा नापोलीले प्रिमियर लिग क्लब लिभरपुललाई ४–१ गोल अन्तरले हराएको हो।
नापोलीको जितमा जिलिस्की पेनले दुई, जाम्बो एन्गुइसा र जियोवानी शिमोनले एक/एक गोल गरे। लिभरपुलका लुइज डियाजले एक गोल फर्काए।
पहिलो हाफमै लिभरपुल क्लब ३–० ले पछि परेको थियो।
जिलिस्कीको पेनाल्टी गोलमा नापोलीले अग्रता लिएको थियो। एन्गुइसाले नापोलीको अग्रता दोब्बर बनाउने काम गरे।
सिमोनले घरेलु टोलीका लागि तेस्रो गोल गरे। जिलिस्कीले दोस्रो हाफको सुरुवातमै गोल एक गोल थपे।
यससँगै समूह ‘ए’मा रहेको नापोलीले तीन अंक जोडेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।