काठमाडौं– इंग्लिस क्लब म्यानचेस्टर सिटीले सेभियालाई पराजित गर्दै च्याम्पियन्स लिग फुटबलमा सुखद सुरुआत गरेको छ।
समूह चरण अन्तर्गत मंगलबार राति भएको खेलमा सिटीले सेभियालाई ४-० गोल अन्तरले पराजित गरेको हो।
सिटीलाई जित दिलाउन २० औँ र ६७ औं मिनेटमा एर्लिङ हालान्डले दुई गोल गरे। ५८ औं मिनेटमा फिल फोडेन र खेलको इन्जुरी समयमा रुबेन डियासले एक एक गोल थपे।
जितसँगै सिटीले पहिलो खेलमै ३ अंक जोडेको छ। समूह जीको सिटी शीर्ष स्थानमा रहेको छ।
यसै समूहको अर्को खेलमा बोरुसिया डर्टमण्डले कोपेनहेगनलाई हराएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।