• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

काठमाडौं ८ : जीवनराम श्रेष्ठलाई कांग्रेसको भर, स्वतन्त्रको डर

64x64
राजनीतिक ब्यूरो मंगलबार, भदौ २१, २०७९  १६:०८
1140x725

काठमाडौं- नेकपा एकीकृत समाजवादीका सचिव जीवनराम श्रेष्ठ २०७४ को निर्वाचनमा एमाले उम्मेदवारको रुपमा काठमाडौं- ८ बाट निर्वाचित भएका थिए। त्यतिबेला उनी वाम गठबन्धनको साझा उम्मेदवार थिए। नेपाली कांग्रेसका उम्मेदवार नवीन्द्रराज जोशीलाई पराजित गर्दै श्रेष्ठ निर्वाचित भएका थिए। जोशीको भने निधन भइसकेको छ।

२०७४ मा श्रेष्ठले १३ हजार ३९७ मत ल्याउँदा जोशीले १२ हजार ९५३ मत मात्र ल्याएका थिए। यस्तै, विभिन्न सामाजिक कामहरुबाट आफ्नो छवि विकास गरेका पुकार बमले विवेकशील साझा पार्टीको उम्मेदवारको रुपमा ४ हजार ४१४ मत प्राप्त गरेका थिए।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री समेत रहेका श्रेष्ठ आउँदो मंसिर ४ को निर्वाचनमा पनि सोही क्षेत्रबाट उम्मेदवार बन्ने लगभग निश्चित छ। सत्ता गठबन्धनको तर्फबाट तालमेलका लागि भागबण्डाको कसरत जारी छ। सत्ता गठबन्धनका अन्य पार्टीका तर्फबाट काठमाडौं- ८ मा प्रभावशाली उम्मेदवार नदेखिएका कारण पनि एकीकृत समाजवादीले सो क्षेत्रमा साझा उम्मेदवार उठाउन पाउने सम्भावना ज्यादा छ।

आसन्न निर्वाचनको सम्भावित नजितालाई विभिन्न कोणबाट विश्लेषण गर्न सकिन्छ। पहिलो, वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा खसेको मतको दलीय हिसाबकिताब। दोस्रो, निर्वाचनमा हुने तालमेल। तेस्रो, उम्मेदवारको छवि। चौंथो, काठमाडौंका मतदाताको चरित्र।

काठमाडौं- ८ मा काठमाडौं महानगरपालिकाका वडाहरु १३, १५, १९, २०, २३, २४ र नागार्जुन नगरपालिकाका वडाहरू ४ र ५ पर्छन्।

वैशाखको निर्वाचनमा यी वडाहरुका अध्यक्षका उम्मेदवारले पाएको मत गणना गर्दा कांग्रेस अगाडि छ। कांग्रेसले १० हजार ८७२, एमालेले ९ हजार २५३, एकीकृत समाजवादीले ५ हजार १४२, राप्रपाले ३ हजार २४०, स्वतन्त्रले १ हजार ३७  र माओवादी केन्द्रले १४२ मत पाएका थिए।

दलगत रुपमा प्राप्त मतलाई हेर्ने हो भने श्रेष्ठको पार्टी एकीकृत समाजवादी तेस्रो स्थानमा छ। त्यसैले पार्टीगत रुपमा श्रेष्ठ कमजोर उम्मेदवार हुन्। तर, उनलाई सत्ता गठबन्धनका दलहरुबीच हुने तालमेल लाभदायक हुनसक्छ। उनले मुख्यगरी कांग्रेसका मतदाताको भर पर्नुपर्ने हुन्छ। त्यो मत जति सहज रुपमा उनलाई खस्छ, उनको जितको आधार त्यति नै बलियो बन्नेछ।

Ncell 2
Ncell 2
nimb
nimb

सत्ता गठबन्धनका दलहरुबीच तालमेल हुनासाथ श्रेष्ठको मुख्य प्रतिस्पर्धी एमालेका उम्मेदवार हुनेछ। एमालेबाट राजेश शाक्य सिफारिस भएका छन्। सम्भवतः उनी नै उम्मेदवार बन्नेछन्। पार्टीगत रुपमा उनी बलियो उम्मेदवार बन्ने निश्चित छ।

वैशाखको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवार सुमन सायमीले पनि यही क्षेत्रबाट उम्मेदवारी दिने घोषणा गरेका छन्। त्यतिबेला सम्मानजनक मत पाएका उनको सामाजिक सञ्जाल र सञ्चारमाध्यममा चर्चा बढ्दै गएको छ। सम्पदा अभियन्ताका रुपमा चर्चा बटुलेका सायमीको उम्मेदवारीले श्रेष्ठलाई चुनौती सिर्जना गर्न सक्छ।

यसअघिका प्रतिस्पर्धी बमले पनि काठमाडौं १ बाट उठ्ने घोषणा गरिसकेका छन्। मनोनयन दर्ता गर्ने बेलासम्म यस क्षेत्रमा प्रतिस्पर्धी बन्नका लागि अन्य स्वतन्त्र उम्मेदवार पनि अघि सर्लान्। तर, एउटै क्षेत्रमा स्वतन्त्र उम्मेदवारको संख्या बढी हुँदा उस्तै प्रकृतिको मत विभाजन हुने र दलीय उम्मेदवारले जित निकाल्ने सम्भावना भने बढ्छ।

काठमाडौंको निर्वाचनका सन्दर्भमा अर्को विषय पनि ख्याल गर्नु वाञ्छनीय हुन्छ। यहाँको मतपरिणाम अनपेक्षित हुने विगतका कैयौँ उदाहरणले देखाउँछ। त्यसैले कोही स्वतन्त्र उम्मेदवारले नै पनि मतदाताबाट अनुमोदित हुन बेर लगाउँदैन।

Xtrem

Xtrem

निर्वाचन परिणाममा प्रभाव पार्ने अर्को विषय हो, सम्बन्धित उम्मेदवारको छवि। श्रेष्ठ खासै विवादमा आउने नेता होइनन्। तर, केही दिनयता भने उनी विवादमा परिरहेका छन्। बहालवाला मन्त्रीको शक्ति दुरुपयोग गरेर एक जना सुरक्षागार्डलाई थुनाएको घटना सार्वजनिक भएपछि उनलाई आफ्नो बचाउ गर्न हम्मे परिरहेको छ। चुनाव नजिकिँदै जाँदा यस्ता विषयले थप चर्चा पाउने भएकाले चुनावमा क्षति पुग्न सक्छ। 

प्रकाशित मिति: मंगलबार, भदौ २१, २०७९  १६:०८
  • #चुनाव_२०७९
  • #निर्वाचन क्षेत्र विशेष

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
राजनीतिक ब्यूरो
लेखकबाट थप
गुल्मी- १ मा प्रदीप ज्ञवाली र चन्द्र भण्डारीको लडाइँ : ह्याट्रिक कि बराबरी?
ईश्वर पोखरेलका दुई चुनौती- प्रदीप पौडेल र ‘अन्तर्घात’!
काठमाडौं १: प्रकाशमान सिंहको चौथो जित कि रवीन्द्र मिश्रको ‘डेब्यु’?
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
प्रधानमन्त्री शाहले भोलि बिहान ५ बजे संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै बिहीबार, असोज ८, २०८३
भोटेकोशी बाढी : ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन बिहीबार, असोज ८, २०८३
कोशी ब्यारेजमा पानीको बहाव एक लाख ६५ हजार क्युसेक प्रतिसेकेण्ड, २३ ढोका खुला बिहीबार, असोज ८, २०८३
सदनको नियमापत्तिलाई सदुपयोग गर्न सभामुखको निर्देशन बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
ओलीको प्रतिवेदनले एकताको सन्देश दिएको एमालेको निष्कर्ष, मनोनीत केन्द्रीय सदस्यको नाम टुंगियो बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्