• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

काठमाडौं ८ : जीवनराम श्रेष्ठलाई कांग्रेसको भर, स्वतन्त्रको डर

64x64
राजनीतिक ब्यूरो मंगलबार, भदौ २१, २०७९  १६:०८
1140x725

काठमाडौं- नेकपा एकीकृत समाजवादीका सचिव जीवनराम श्रेष्ठ २०७४ को निर्वाचनमा एमाले उम्मेदवारको रुपमा काठमाडौं- ८ बाट निर्वाचित भएका थिए। त्यतिबेला उनी वाम गठबन्धनको साझा उम्मेदवार थिए। नेपाली कांग्रेसका उम्मेदवार नवीन्द्रराज जोशीलाई पराजित गर्दै श्रेष्ठ निर्वाचित भएका थिए। जोशीको भने निधन भइसकेको छ।

२०७४ मा श्रेष्ठले १३ हजार ३९७ मत ल्याउँदा जोशीले १२ हजार ९५३ मत मात्र ल्याएका थिए। यस्तै, विभिन्न सामाजिक कामहरुबाट आफ्नो छवि विकास गरेका पुकार बमले विवेकशील साझा पार्टीको उम्मेदवारको रुपमा ४ हजार ४१४ मत प्राप्त गरेका थिए।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री समेत रहेका श्रेष्ठ आउँदो मंसिर ४ को निर्वाचनमा पनि सोही क्षेत्रबाट उम्मेदवार बन्ने लगभग निश्चित छ। सत्ता गठबन्धनको तर्फबाट तालमेलका लागि भागबण्डाको कसरत जारी छ। सत्ता गठबन्धनका अन्य पार्टीका तर्फबाट काठमाडौं- ८ मा प्रभावशाली उम्मेदवार नदेखिएका कारण पनि एकीकृत समाजवादीले सो क्षेत्रमा साझा उम्मेदवार उठाउन पाउने सम्भावना ज्यादा छ।

आसन्न निर्वाचनको सम्भावित नजितालाई विभिन्न कोणबाट विश्लेषण गर्न सकिन्छ। पहिलो, वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा खसेको मतको दलीय हिसाबकिताब। दोस्रो, निर्वाचनमा हुने तालमेल। तेस्रो, उम्मेदवारको छवि। चौंथो, काठमाडौंका मतदाताको चरित्र।

काठमाडौं- ८ मा काठमाडौं महानगरपालिकाका वडाहरु १३, १५, १९, २०, २३, २४ र नागार्जुन नगरपालिकाका वडाहरू ४ र ५ पर्छन्।

वैशाखको निर्वाचनमा यी वडाहरुका अध्यक्षका उम्मेदवारले पाएको मत गणना गर्दा कांग्रेस अगाडि छ। कांग्रेसले १० हजार ८७२, एमालेले ९ हजार २५३, एकीकृत समाजवादीले ५ हजार १४२, राप्रपाले ३ हजार २४०, स्वतन्त्रले १ हजार ३७  र माओवादी केन्द्रले १४२ मत पाएका थिए।

दलगत रुपमा प्राप्त मतलाई हेर्ने हो भने श्रेष्ठको पार्टी एकीकृत समाजवादी तेस्रो स्थानमा छ। त्यसैले पार्टीगत रुपमा श्रेष्ठ कमजोर उम्मेदवार हुन्। तर, उनलाई सत्ता गठबन्धनका दलहरुबीच हुने तालमेल लाभदायक हुनसक्छ। उनले मुख्यगरी कांग्रेसका मतदाताको भर पर्नुपर्ने हुन्छ। त्यो मत जति सहज रुपमा उनलाई खस्छ, उनको जितको आधार त्यति नै बलियो बन्नेछ।

Ncell 2
Ncell 2

सत्ता गठबन्धनका दलहरुबीच तालमेल हुनासाथ श्रेष्ठको मुख्य प्रतिस्पर्धी एमालेका उम्मेदवार हुनेछ। एमालेबाट राजेश शाक्य सिफारिस भएका छन्। सम्भवतः उनी नै उम्मेदवार बन्नेछन्। पार्टीगत रुपमा उनी बलियो उम्मेदवार बन्ने निश्चित छ।

वैशाखको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवार सुमन सायमीले पनि यही क्षेत्रबाट उम्मेदवारी दिने घोषणा गरेका छन्। त्यतिबेला सम्मानजनक मत पाएका उनको सामाजिक सञ्जाल र सञ्चारमाध्यममा चर्चा बढ्दै गएको छ। सम्पदा अभियन्ताका रुपमा चर्चा बटुलेका सायमीको उम्मेदवारीले श्रेष्ठलाई चुनौती सिर्जना गर्न सक्छ।

यसअघिका प्रतिस्पर्धी बमले पनि काठमाडौं १ बाट उठ्ने घोषणा गरिसकेका छन्। मनोनयन दर्ता गर्ने बेलासम्म यस क्षेत्रमा प्रतिस्पर्धी बन्नका लागि अन्य स्वतन्त्र उम्मेदवार पनि अघि सर्लान्। तर, एउटै क्षेत्रमा स्वतन्त्र उम्मेदवारको संख्या बढी हुँदा उस्तै प्रकृतिको मत विभाजन हुने र दलीय उम्मेदवारले जित निकाल्ने सम्भावना भने बढ्छ।

काठमाडौंको निर्वाचनका सन्दर्भमा अर्को विषय पनि ख्याल गर्नु वाञ्छनीय हुन्छ। यहाँको मतपरिणाम अनपेक्षित हुने विगतका कैयौँ उदाहरणले देखाउँछ। त्यसैले कोही स्वतन्त्र उम्मेदवारले नै पनि मतदाताबाट अनुमोदित हुन बेर लगाउँदैन।

निर्वाचन परिणाममा प्रभाव पार्ने अर्को विषय हो, सम्बन्धित उम्मेदवारको छवि। श्रेष्ठ खासै विवादमा आउने नेता होइनन्। तर, केही दिनयता भने उनी विवादमा परिरहेका छन्। बहालवाला मन्त्रीको शक्ति दुरुपयोग गरेर एक जना सुरक्षागार्डलाई थुनाएको घटना सार्वजनिक भएपछि उनलाई आफ्नो बचाउ गर्न हम्मे परिरहेको छ। चुनाव नजिकिँदै जाँदा यस्ता विषयले थप चर्चा पाउने भएकाले चुनावमा क्षति पुग्न सक्छ। 

प्रकाशित मिति: मंगलबार, भदौ २१, २०७९  १६:०८
  • #चुनाव_२०७९
  • #निर्वाचन क्षेत्र विशेष

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
राजनीतिक ब्यूरो
लेखकबाट थप
गुल्मी- १ मा प्रदीप ज्ञवाली र चन्द्र भण्डारीको लडाइँ : ह्याट्रिक कि बराबरी?
ईश्वर पोखरेलका दुई चुनौती- प्रदीप पौडेल र ‘अन्तर्घात’!
काठमाडौं १: प्रकाशमान सिंहको चौथो जित कि रवीन्द्र मिश्रको ‘डेब्यु’?
सम्बन्धित सामग्री
उम्मेदवारको नामावली आज प्रकाशन हुँदै माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । त्यसै दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मे... बिहीबार, माघ ८, २०८२
प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आयोगद्वारा टोल–फ्री सेवा सञ्चालन अघिल्ला निर्वाचनमा प्रयोग हुँदै आएको अभ्यासलाई निरन्तरता दिँदै यस पटक पनि आयोगले कल सेवा केन्द्र सक्रिय बनाएको हो। बुधबार, माघ ७, २०८२
मुस्ताङमा चार जना उम्मेदवार मुस्ताङमा चार जनाले मात्र उम्मेदवारी दर्ता गराएका छन् भने मनाङमा पाँच जनाको उम्मेदवारी परेको छ । बुधबार, माघ ७, २०८२
ताजा समाचारसबै
इलाम पुगेर सुरु गरे बालेनले घरदैलो कार्यक्रम (तस्बिरहरू) बिहीबार, माघ ८, २०८२
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेदरल्यान्ड्सविरुद्ध नेपालले बलिङ गर्दै बिहीबार, माघ ८, २०८२
किन केही मानिसहरुका लागि तौल घटाउन मुश्किल पर्छ ? बिहीबार, माघ ८, २०८२
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले आज नेदरल्यान्ड्ससँग भिड्दै बिहीबार, माघ ८, २०८२
उम्मेदवारको नामावली आज प्रकाशन हुँदै बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
यी ६ पूर्वअर्थमन्त्री चुनावी दौडमा, को कहाँबाट भिड्दै छन्? बुधबार, माघ ७, २०८२
७० प्रतिशत भोट ल्याएर जित्ने ओलीको दाबी बुधबार, माघ ७, २०८२
पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा अख्तियारबाट मिसिल झिकाउने आदेश बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्