• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

‘नझुक्ने वाचा गरेका’ विप्लव नेतृत्वको नेकपाका नेताले बुझे तारेख

अदालत युद्धको कारक बन्न चाहँदैन : रजिष्ट्रार पाण्डेय
64x64
नारायण अधिकारी सोमबार, भदौ २०, २०७९  १६:०५
1140x725
फाइल तस्बिर।

काठमाडौं– ललितपुर जिल्ला अदालतले ३५ दिने पक्राउ पूर्जी जारी गरेपछि नझुक्ने बरु प्रतिवादमा उत्रने वाचा गरेको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका केही नेता भने अदालतमा उपस्थित भएर तारेख बुझेका छन्।

पक्राउ पूर्जी जारी भएका २३ नेतामध्ये केही नेताले अदालतमा उपस्थित भएर तारेख बुझेको पाइएको छ। जिल्ला अदालत ललितपुरका रजिष्ट्रार विष्णु प्रसाद पाण्डेयले तारेख बुझेको पुष्टि गरे। पाण्डेयले नेपाल लाइभसँग भने, ‘हेमन्तप्रकाश वली, दीपक चलाउनेलगायतका केही नेताले तारेख बुझ्नु भएको छ।’

वली भने विप्लव नेकपाबाट छुट्टिएर अलग्गै पार्टी गठन गरेर नयाँ पार्टीमा आबद्ध भएका छन्। उता सैन्य विभाग इन्चार्ज दीपक चलाउने भनिने उदयबहादुर चलाउने भने विप्लव नेतृत्वकै पार्टीमा आबद्ध छन्। उनीहरुसँगै अन्य केही नेताहरुले तारेख बुझेको पाइएको छ।  उनीहरुले असोजमा उपस्थित हुने गरी सादा तारेख बुझेको पाण्डेयले बताए।

गत साउन ६ गतेको मितिमा ३५ दिने म्याद राख्दै ललितपुर जिल्ला अदालतले विप्लवसहितका नेताहरुविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो। महासचिव विप्लवसहित पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड), स्थायी कमिटी सदस्य धर्मेन्द्र बाँस्तोला, स्थायी कमिटी सदस्य सन्तोष बुढामगर, उपत्यका ब्यूरो इन्चार्ज नवीन विश्वकर्मा, सैन्य ब्यूरो इन्चार्ज दीपक भनिने उदयबहादुर चलाउने, उमा भुजेलसहितका २३ जना नेतामाथि ४ वटा कसूरमा ३५ दिने पक्राउ पूर्जी जारी भएको थियो।  

हातहतियार तथा खरखजना, विस्फोटक पदार्थ बिस्फोटन गराइ कर्तव्य ज्यान र राज्य विरुद्धको अपराध, हतियार तथा बिस्फोटक पदार्थसम्बन्धी कसूर, आपराधिक लाभ र संगठन अपराधको कसूरमा २३ नेता कार्यकर्तामाथि ३५ दिनभित्र अदालत उपस्थित हुन भन्दै सूचना प्रकाशित गरेको भदौ ९ गते ३५ दिन पुगिसकेको छ। 

पक्राउ पूर्जी जारी भएका केही नेता अदालतमा उपस्थित भएर तारेख बुझेपनि धेरै जसो नेताहरु भने अदालत उपस्थित भएका छैनन्। 

अब के हुन्छ?
गोरखापत्रमा सूचना निकाल्दै ललितपुर जिल्ला अदालतले ३५ दिनभित्र विप्लवसहितका नेतालाई उपस्थित हुनुपर्ने उल्लेख गरेको थियो। उपस्थित नभएको अवस्थामा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६५ अनुसार हुने समेत उल्लेख गरिएको थियो। 

उक्त दफा अनुसार तोकिएको समयसीमामा विप्लवसहितका नेता अदालतमा उपस्थित नभएमा उनीहरुको नाममा रहेको सम्पत्ति रोक्का हुने, संस्था नवीकरण गर्नुपर्ने भएमा नवीकरण नगर्ने, बैंक खाता समेत रोक्का समेत हुनेछ। 

Ncell 2
Ncell 2
nimb
nimb

यसबारे नेपाल लाइभले ललितपुर जिल्ला अदालतका रजिष्ट्रार विष्णुप्रसाद पाण्डेयलाई जिज्ञासा राख्दा उनले थप कानुनी प्रक्रिया अघि बढ्ने बताए। सिधै कानुनी प्रक्रिया अघि बढाउदा थप द्वन्द्व निम्तने स्थिति आउन सक्ने अवस्था समेत देखिएको छ। 

पक्राउ पूर्जीको सूचना भएपछि प्रकाण्डले विज्ञप्ति निकाल्दै हातमा दही जमाएर नबस्ने बताएका थिए। 

‘अहिलेसम्म हाम्रो पार्टीका राजवन्दीहरुलाई समेत रिहा गरेको छैन। पार्टी नेतृत्व, कार्यकर्ता र समर्थक जनताको नाममा जारी गरेको पक्राउ पूर्जीको घटनाले त सरकार तथा राज्यका निकायहरु झुट्टा मुद्दा खारेज गर्ने र राजवन्दी रिहा गर्ने ३ बुँदे सहमतिको तेस्रो बुँदा लागू गर्नुपर्ने प्राथमिक कार्यकै विरुद्ध उत्रिएको प्रष्ट हुन्छ। भावी निम्तिने गम्भीर अवस्थाको जिम्मेवार सरकार र राज्यका अधिकारी हुनुपर्नेछ’, उनले त्यतिबेला जारी गरेको विज्ञप्तिमा भनिएको छ।

अदालत र विप्लव नेतृत्वको पार्टीको आ–आफ्नै अडानका कारण फेरि द्वन्द्व निम्तने स्थिति आउने देखिन्छ। यसबारे रजिष्ट्रार पाण्डेयलाई जिज्ञासा राख्दा भने, ‘अदालतका कारणले देश युद्धमा नजाओस् भन्नेमा हामी सचेत छौं।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

राजनीतिक इस्यु भएको र पूर्वसहमति अनुसार मुद्दा फिर्ता लिनुपर्ने नेकपाले आफ्ना अडान यथावत राखेको छ। यस विषयमा अदालत समेत गम्भीर भएको उनको भनाइ छ।

४० नेता जेलमा
नेकपाका ४० जना नेता/कार्यकर्ता अहिले पनि जेलमा छन्। पार्टीका केन्द्रीय सदस्य चिरन पुनले ४० जना नेता कार्यकर्ता जेलमा रहेको बताए। जति पनि छुटेका छन् ती पनि मुद्दा फिर्ता नभई कानुनी प्रक्रिया पूरा गरेर रिहा भएको उनको भनाइ छ। 

प्रतिबन्धदेखि प्रबिन्ध फुकुवासम्म नेकपाका २ हजार ९८ जना नेता–कार्यकर्ता पक्राउ परेका थिए। उनीहरुविरुद्ध २ हजार ७ वटा मुद्दा दर्ता भएका छन्। सरकारसँग तीन बुँदे सहमति हुँदा १२३ जना पुर्पक्षका लागि जेल चलान भएका थिए भने १८ जना प्रहरी हिरासतमै थिए। उनीहरुमध्ये ४० जना अझै जेलमै रहेको नेकपाले जनाएको छ।

सहमति अनुसार जेलमा भएका नेता/कार्यकर्ता रिहा गर्नुको साटो उल्टै पक्राउ पूर्जी जारी गर्दै सरकारले नै युद्ध निम्त्याउन खाजेको आरोपमा नेता पुनको छ।

यो पनि पढ्नुहोस

विप्लवविरुद्धको पक्राउ पुर्जी: हतियार बुझाउन नमानेपछि अदालतबाट चालिएको ‘सरकारी एक्सन’! 

पक्राउ पूर्जी जारी भएपछि पनि सरकारसँग पटकपटक संवाद गर्दा समेत अहिलेसम्म निचोड ननिस्केको नेता पुनको भनाइ छ। संवादका क्रममा सरकार सहमति कार्यान्वयन गर्न तयार रहेको बताउने तर, अर्कोतर्फ पक्राउ पूर्जी जारी हुनुले सरकारले युद्ध निम्त्याउन खाजेको आरोप उनले लगाए। अब सहमति कसरी कार्यान्वयन हुने भन्ने विषय सरकारले चाल्ने कदममा भर पर्ने उनको भनाइ छ। 

सशस्त्र गतिविधि गरेको आरोपमा केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले २८ फागुन २०७५ मा विप्लव नेतृत्वको नेकपाका गतिविधिमाथि प्रतिबन्ध लगाएको थियो। विप्लव नेतृत्वको नेकपाले आपराधिक गतिविध गरेको भन्दै ओली नेतृत्वको तत्कालीन सरकारले विप्लवका नेता/कार्यकर्तालाई जहाँ भेट्यो त्यहीँ पक्राउ गर्न निर्देशन नै जारी गरेको थियो। पछि ओली नेतृत्वको सरकारसँग २०७७ फागुन २१ गते ३ बुँदे सम्झौता गर्दै विप्लव नेतृत्वको नेकपा खुला राजनीतिमा आएको थियो। 

‘दुवै पक्ष नेपाल सरकार र नेकपा देशको राजनीतिक समस्याहरु वार्र्त र संवादबाट समाधान गर्न सहमत भएका छौं। नेकपा सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रुपमा गर्न सहमत भएको छ। नेपाल सरकारले नेकपामाथि लगाएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता र कार्यकर्ता रिहाइ गर्न र सम्पूर्ण मुद्दा खारेज गर्न सहमत भएको छ’, तीन बुँदे सहमतिमा उल्लेख गरिएको थियो।

प्रकाशित मिति: सोमबार, भदौ २०, २०७९  १६:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
दश किलो गाँजासहित एक जना पक्राउ जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीका अनुसार बा.प्र.०८–००१ ज ०१४२ नम्बरको टाटा सुमोबाट उक्त परिमाणको... सोमबार, असोज २६, २०८३
१ हजार ४० किलो गाँजासहित एक युवक पक्राउ चौदण्डीगढी नगरपालिका–१ चारघरेस्थित रानीटार–बेल्टार भित्री सडकखण्डबाट ९४० किलो ४४० ग्राम गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले... सोमबार, असोज २६, २०८३
सार्वजनिक बसबाट साढे ३२ किलो लागु औषधसहित पाँच भारतीय नागरिक पक्राउ लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुंगाबाट खटिएको संयुक्त प्रहरी टोलीले सार्वजनिक यात्रुवाहक बसमा जाँच गर्ने क्रममा तीन जन... शुक्रबार, असोज २३, २०८३
ताजा समाचारसबै
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
तारकेश्वरमा गोली चलाएर लागूऔषध कारोबारी पक्राउ मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्