काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले लगातार चौथो जित निकालेको छ। आर्सनललाई ३–१ गोल अन्तरले पराजित गर्दै म्यानचेस्टरले लगातार चौथो जित निकालेको हो।
मार्कुस रास्फोर्डको पासमा ३५ औं मिनेटमा एन्टोनी म्याथियस डोस सान्तोसले गोल गर्दै म्यानचेस्टरलाई अग्रता दिलाएका थिए। डच क्लब आयाक्सबाट ८२ मिलियन पाण्डमा म्यानचेस्टरमा आबद्ध भएका एन्टोनीले डेब्यू खेलमै गोल गर्दै सुन्दर सुरुवात गरेका छन्।
पहिलो हाफमा १–० ले पछि परेको आर्सनलले घरेलु टोलीमाथि दबाब सिर्जना गर्दै ६० औं मिनेटमा गोल गर्दै खेल १–१ को स्थितीमा ल्याएको थियो। बुकायो साकाले गोल गर्दै आर्सनललाई बराबरीमा ल्याएका थिए।
त्यसपछि ६६ औं र ७५ मिनेटमा रास्फोर्डले दुई गोल गर्दै म्यानचेस्टरलाई जित दिलाए। उनले क्रमशः बुर्नो फर्नान्डेज र क्रिस्टिनसन इरिक्सनको पासमा गोल गरेका थिए।
योसँगै पाँच खेलसम्म अपराजित रहेको आर्सनलको अपराजित यात्रामा पूर्णविराम लागेका छ। ६ खेल खलेको आर्सनल म्यानचेस्टर हारे पनि १५ अंकसहित शीर्ष स्थानमा छ।
६ खेल नै खेलेको म्यानचेस्टर युनाइटेड १२ अंहसहित पाँचौं स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।