काठमाडौं– फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले सहज जित निकालेको छ। शनिबार राति भएको खेलमा नान्टेसमाथि पीएसजीले ३–० को सहज जित निकाल्यो।
उक्त खेलमा केलियन एमबाप्पेले २ गोल गर्दा लियोनल मेस्सीले दुई गोलमा असिस्ट गरे। एक गोल नुनो मेन्डेजले गरे।
मेस्सीको पासमा एमबाप्पेले १८औं मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए। २४औं मिनेटमा नान्टेस १० खेलाडीमा सीमित भएको थियो। खराब फउलका कारण नान्टेसका मिडफिल्ड फाबियोले सोझै रातो कार्ड खाँदै मैदान बाहिरिएका थिए।
दोस्रो हाफको ५४औं मिनेटमा मेस्सीकै पासमा एमबाप्पेले अर्को गोल थप्दै अग्रता दोब्बर बनाएका थिए। नेयमारले हानेको प्रहार पोलमा लागेर फर्केको बललाई मेन्डेजले ६८औं मिनेटमा जाली चुमाउँदै गोल गरेपछि ३–० अन्तरले पीएसजीले खेल जित्यो।
उत्कृष्ट प्रर्दशन गरेका मेस्सी म्यान अफ दि म्याच घोषित भए। ६ खेलबाट १६ अंक बटुलेको पीएसजी अंक तालिकाको शीर्ष स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।