काठमाडौं– स्पेनिस लिग ला–लिगामा बार्सिलोनाले सहज जीत निकालेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले सेभिल्लालाई ३–० गोल अन्तरले पराजित गर्यो ।
सेभिल्लाको घरेलु मैदानमा भएको खेलमा सुरुवाती आक्रमण निकै बलियो बनाउँदै बार्सिलोनमाथि दबाब बढाए पनि सेभिल्ला ३–० गोल अन्तरले पराजित भयो ।
बार्सिलोनाका जितमा राफिन्हा, रोबर्ट लेवान्डोस्की र इरिक ग्रासियाले १/१ गोल गरे । २१ औं मिनेटमा राफिन्हाले गोल गरे । बार्सिलोनाका लागि राफिन्हाको यो पहिलो अफिसियल गोल हो ।
सेभिल्लाबाट यसै सिजन बार्सिलानमा आबद्ध भएका जेलुस कुन्डेको क्रस पासमा ३६ औं मिनेटमा गोल गर्दै लेवान्डोस्कीले अग्रता दोब्बर बनाए । दोस्रो हाफको ५० औं मिनेटमा कुन्डेकै पासमा ग्रासियाले अर्को गोल थप्दै खेल ३–० को स्थितीमा ल्याएका थिए । त्यसपछि दुबैतर्फबाट थप गोल हुन सकेन ।
३ मा जीत र १ मा बराबरी गरी चार खेल खेलेको बार्सिलोना अंक तालिकको दोस्रो स्थानमा उक्लेको छ । समान खेल खेलेको रियल मड्रिड शतप्रतिशत जीतसहित १२ अंकाका साथ पहिलो स्थानमा छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।