काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटी एस्टन भिल्लासँग १-१ गोलको बराबरीमा रोकिएको छ ।
शनिबार राति भएको खेलमा सिटीले पहिले अग्रता बनाएको थियो। तर, एस्टनको मैदानमा सुरुआती एक गोलको अग्रता जोगाउन नसक्दा सिटी बराबरीमा रोकिएको हो ।
खेलको ५० औं मिनेटमा अर्लिङ हालान्डले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए । हालान्डले यस सिजन ६ खेलमा १० गोल गरिसकेका छन्। ७४ औं मिनेटमा लियोन बेलीले गोल गर्दै एस्टनलाई १-१ गोलको बराबरीमा ल्याए । यस सिजन सिटीले दोस्रो पटक खेलमा अंक गुमाएको छ ।
यस बराबरीसँगै सिटीले ६ खेलमा १४ अंक जोडेको छ । सिटी लिगको दोस्रो स्थानमा उक्लिएको छ ।
एस्टन ४ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।