काठमाडौं– इटालियन क्लब युभेन्टसका मिडफिल्डर आर्थुर मेलो लोनमा इंग्लिस क्लब लिभरपुलमा आवद्ध भएका छन्। २६ वर्षीय ब्राजिलियन मिडफिल्डर मेलोले युभेन्टरमा रहँदा ३१ खेल खेलेका छन्।
लोनमा एनफिल्ड आएपछि मेलोले भनेका छन्, ‘साँच्चै म धेरै खुशी छु। अत्यधिक उत्प्रेरित भएको छु। लिभरपुलको जर्सीमा म सबैथोक दिन प्रयासरत हुनेछु।’
उनले ब्राजिलको राष्ट्रिय टिमबाट २२ खेल खेलिसकेका छन्। ब्राजिलले सन् २०१९ को कोपा अमेरिका जित्दा मेलो गोलकिपर एलिसन बेकर र फरवार्ड रोबर्टो फिर्मिनोसँगै राष्ट्रिय टिममा थिए। अहिले यी तीनै जना लिभरपुलमा आवद्ध भएका छन्।
मेलो एनफिल्डमा आएसँगै लिभरपुललाई ठूलो राहत हुने महसुस गरिएको छ। लिभरपुलको मिडफिल्डरका मुख्य हतियार थियागो आलाकान्टारा चोटका कारण मैदान बाहिर छन्।
लिभरपुलका कप्तान जोर्डन हेन्डरसन समेत गत बुधबार भएको न्युक्यास्टलसँगको खेलमा घाइते भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।